शेयरको रकम हिनामिना गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ



काठमाण्डौ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका प्रमुख भोलानाथ शर्मा शेयरको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

शेयरको रकम अनियमियता गरेको आरोप लगाउदै क्याम्पसका शेयर सदस्य तारानाथ जोशीलगायतका ११ जनाले प्रहरीमा उजुरी गरेपछि शर्मा पक्राउ परेका हुन् ।

उजुरी परेपछि शर्मा पक्राउ परेका छन्–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक धर्मराज जोशीले भने–अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

शेयरको रकम अनियमियता गरेको÷नगरेको बारे अनुसन्धान पश्चात जानकारी हुने उनले बताए ।


क्लिकमान्डु