सवारी दुर्घटनामा २ को मृत्यु, ४ जना घाइते



काठमाण्डौ । राजधानीको सानो भ‍र्याङमा ट्याक्सी र कार ठोक्किँदा एकजना वृद्धाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

गएराति बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा सवार टोखा ११ महादेवटार बस्ने गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० वर्षकी मोतीसरा भूजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा सवार अरु ४ जना घाइते भएका छन् । उनीहरुको स्यम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यता, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी स्थित बेतना सीमसार क्षेत्रमा भारतीय नम्बरको लहरी ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । पूर्वबाट पश्चिमका लागि छुटेको भारतीय नम्बरको लहरी ट्रकले सोही दिशाको लागि छुटेको को २० प ७७०२ नम्बरको मोरसाईकललाई ठक्कर दिएको थियो ।

लहरीको ठक्करबाट मोटरसाईकल चालक सुनसरीको बराहाक्षेत्र नगरपालिका–४ का आर्यन चौधरीको घटनास्थलमै ज्यान गएको हो । ट्रक र चालकलाई इलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


क्लिकमान्डु