कात्तिक २९ देखि कंगारु एजुकेशनले देशका ५ मूख्य शहरमा शैक्षिक मेला गर्ने



पोखरा । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहिबार पुर्वझापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् ।

मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

‘हामी सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं । यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गर्न लागेका हौं,’ प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भने ।

विद्यार्थी अभिभावकलाई सही जानकारी दिन भन्दै काठमाडौंमा हुने शैक्षिक मेलाले देशका अन्य भागका ईच्छुक विद्यार्थीलाई समेट्न नसक्ने यथार्थताकै बीचमा हामीले काठमाडौं बाहिरका ती स्थानमा शाखा कार्यालय खोलेर सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

‘यसपटक हाम्रा ति विद्यार्थी र अभिभावकलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरुकै सामु पुग्ने हाम्रो प्रयास हो,’ उनले भने ।
शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म आउँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउन लागिएको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुष्मिता पराजुलीले बताइन् ।

मेलामा विद्यार्थीले आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् ।

मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको बताइएको छ ।

सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस्, शैक्षिक परामर्श क्षेत्रमा असल नियत राखेर कार्य गर्ने संस्थाहरु पनि छन् भन्ने मान्यता विस्तार गर्नु नै कंगारु एजुकेशन फेयर ः अल नेपाल रोड शो को मुख्य ध्येय रहेको सीइओ तिमल्सिनाले बताए ।


पुष्प दुलाल