४० तस्वीरमा यस्तो देखियो ‘कर्पोरेट हाउस’मा तिहारको झिलिमिलि



काठमाडौं । नेपालीको दोस्रो महत्वपूर्ण चाड तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो । न त गर्मी । यो मौसम पनि आफैंमा मनमोहक लाग्ने खालको छ ।

सँधै पैसाको कुरा र कारोबार गर्ने ब्यावसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिलि बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिलि बत्ति बाल्ने गरिन्छ ।

उज्यालोको यो पर्वलाई विगतमा हुने लोडसेडिङले खल्लो बनाइदिन्थ्यो । तर, वितेका २ वर्षयता देश लोडसेडिङमुक्त छ । विगतमा जेनेरेटर र इन्भर्टर मार्फत् आफ्ना व्यपारिक प्रतिष्ठानहरुमा उज्यालो बनाउनेहरु यस वर्ष भने नेपाल विद्युत प्राधिकरणले नियमित उपलब्ध गराएको विद्युतबाटै झिलिमिलि पार्न सकेका छन् ।

मंगलबार साँझ क्लिकमाण्डूले राजधानीका ३ दर्जन  ब्यावसायिक घराना, बैंक र बीमा कम्पनीका मूख्य कार्यालयहरु नियाल्दा यस्तो देखियो ।


पुष्प दुलाल