हेलिकप्टरको भाडा तोकियो, अब कुन जिल्ला जान कति रुपैयाँ लाग्छ ?



काठमाडौं । सरकारले हेलिकप्टरको भाडा तोकेको छ । व्यवसायीहरुले मनपरी भाडा लिएको गुनासो आएपछि सरकारले भाडा तोकेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले नयाँ भाडादर सार्वजानिक गरेको हो । विभागले ७७ वटै जिल्लामा हेलिकप्टरले लिन पाउने भाडा तोकेको हो ।

फेक रेस्क्यू तथा मनलाग्दी भाडा उठाएको भन्दै चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना पछि सरकारले एक छानविन समिति गठन गरी समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर तय गरेको हो ।

सरकारले तोकेको नयाँ भाडादर वायुसेवा सञ्चालक संघले कार्यान्वयनमा ल्याएको छ । संघले सबै हेलिकप्टर कम्पनीलाई नयाँ भाडादर कार्यान्वयन गर्न सर्कुलर समेत गरेको छ ।

हेर्नुहोस् सूचि


पुष्प दुलाल