अब यो विद्युतीय जीप चढ्छन् ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल




हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतीय जीप हेटौंडा पुगेको छ ।

३ नम्बर प्रदेशमा पेट्रोलियम सवारी साधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश-३ सरकारका मुख्यमन्त्रीले विद्युतबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्ने हेटौंडा ल्याईएको हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा उर्जा मन्त्री बर्षमान पुनले विद्युतीय जीप चढिसक्नुभएको छ ।

प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरहमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ ।

प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लागेका हुन् ।

चीनमा उत्पादन गरिएकोे बीवाईडी जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ ।

२ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ । चिनियाँ कम्पनीको सो गाडिहरु नेपालमा सूर्या गुड्स सप्लायर्सले विक्री गर्ने गरेको छ ।

बिद्युतीय गाडीे नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, मकवानपुरको हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ ।

पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा-नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमापनि सञ्चालन गरिनेछ ।

नेपालको वातावारणमा स्वच्छ कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवद्र्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डोर्याउने मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

नेपालमा विद्युतीय उत्पादनलाई बृद्धि गरी यूता सवारीको विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री पौडेलको भनाई छ । थियो । केही समय अगाडि मात्र काठमाण्डौमा विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ समेत गरिसकेका छन् ।


क्लिकमान्डु