सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज शनिवारदेखि, पुराना साधनको भ्यालुएशनमा १५ हजार थप दिइने



काठमाण्डौ । नेपालको लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाइल्स प्रालिले जपानिज ब्रान्ड सुजुकीका बाइक तथा स्कूटरमा धन्तेरस तिहार तथा छठ लार्इ मध्येनजर गरी कार्तिक १७ बाट कार्तिक २७ सम्म नेपालभरिका ४७ वटा शोरुममा मेघा एक्सचेन्ज क्याप संचालन गर्ने भएको छ ।

यो क्यापमा कुनैपनि कम्पनीका पुराना बाइक तथा स्कूटरसंग नयाँ सुजुकीका बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने छ । कुनैपनि पुराना बाइक तथ स्कूटरको बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार भ्यालूएसन कम्पनिले ग्राहक लाइ प्रदान गर्ने जनाएको छ ।

सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनैपनि कम्पनीका पुराना बाईक तथा स्कूटर सजिलै उपलब्ध गराइने छ ।

बाइक तथा स्कूटर खरिद गर्न सकिनेछ, सुजुकी मेघा एक्सचेन्ज क्यामले धन्तेरस तिहार तथा छठको समयमा पुराना बाइक तथा स्कूटर चढ्ने ग्राहकको बाइक बिग्रने समस्या हुने हुनाले बजार प्रचलित मूल्य भन्दा थप १५ हजार भ्यालुएसन गरेर पुराना बाईक लिएर नयाँ बाईक दिएर पठाउने सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइराला बताए ।

धन्तेरस तिहार तथा छठ लाइ लक्षित गर्दै स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइकमा ८ हजार र स्कूटर मा १० हजार छुट साथै १० जनालार्इ बम्परमा जापान भ्रमण गराउने कम्पनीका सन्तोष थापाले बताए ।


क्लिकमान्डु