करोडौं भ्रष्टाचार गरेको भन्दै जनकपुर क्षेत्र विकास कोषका १० जना विरुद्ध अख्तियारले मुद्दा हाल्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर क्षेत्र विकास परिषदका १० जना बिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
जनकपुर क्षेत्र विकास परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायतका ८ वटा आयोजनाको ठेक्काको बोपलत्र मुल्याङ्कन प्रक्रियामा ठुलो रकम हिनामिना गरेको भन्दै अख्तियारले कोषका तत्कालीन अध्यक्ष र ठेकेदार सहित विकास परिषदका १० जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हिनामिना तथा हानिनोक्सानी गरेको देखिएको भन्दै अख्तियारले जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन अध्यक्ष, ३ जना तत्कालिन कार्यकारी निर्देशक, १ जना तत्कालिन सव इञ्जिनियर, १ जना नायब सुब्बा, १ जना तत्कालिन लेखापाल र १ जना तत्कालिन प्रोजेक्ट इञ्जिनियर सहित ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
त्यस्तै, २ ठेकोदार कम्पनीका २ जना प्रतिनिधि पनि उक्त हिनामिनामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।