टिचिङ अस्पतालले भन्यो- प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ
काठमाडौ । प्रधानमनत्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले थप विवरण दिएको छ ।
अस्पतालले एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
मौसमी रुखाखोकीका कारण स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि पुगेका थिए ।
अस्पतालले प्रधानमन्त्री ओलीको शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा उहाँलाई आज बिहान ४.३० बजे भर्ना गरिएको जनाएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थितीमा क्रमिक सुधार देखिएको र उहाँको अरु स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड टान्सप्लान्ट केन्द्रका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।