नगरप्रमुख राणाले सामाजिक संस्थालाई दिए आफ्नो तलब भत्ता
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् ।
उनले असोज महिनाको आफ्नो तलब, भत्ता ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका हुन् ।
प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गरे ।
त्यस अवसरमा प्रमुख राणाले आप्mनो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताए ।
स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस