करोडौं कमाउने बैंकका सीइओले दशैंमा कति दक्षिणा दिन्छन् ?



काठमाडौं । जागिर खाएर कसैले धेरै पैसा कमाउँछ भने त्यो हो बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीइओ । किनभने संसारभर सबैभन्दा बढी तलब बैंकका सीइओकै हुन्छ ।

बैंकरहरुले अर्बौं रकमको व्यवस्थापन गर्छन् । त्यसैले बैंकरहरुले करोडौं रुपैयाँ तलब लिन्छन् ? हामीले यस विषयमा जानकारी दिने उदेश्यले केही बैंकका सीइओहरुसँग कुराकानी गरेका छौं ।

ज्ञानेन्द्र ढुंगाना

सीइओ, एनबी बैंक

हाम्रो त दक्षिणाको रेट नै छ १०० रुपैयाँ । मैले अहिलेसम्म १०० रुपैयाँभन्दा कम र धेरै दक्षिणा दिएको छैन । मेरा ससुरालीले त मलाई अहिले पनि दक्षिणामा १० रुपैयाँ दिन्छन् । दक्षिणा दिएर कहिल्यै कोही गरिब हुँदैन । र, दक्षिणा पाएर पन किोही धनी हुँदैन भन्ने मेरो मान्यता हो । त्यसैले दशैंको दक्षिणालाई आशिर्वादका रुपमा लिनुपर्छ । बुबाको पालामा त, उहाँले आफ्नो इच्छाअनुसार फरक फरक दरले दक्षिणा दिनुहुन्थ्यो ।

पुराना साथीभाइसँग भेटघाट गर्ने, तास खेल्ने, एकरदुई पेग हृवीस्की लगाउने । यही त हो नि दशैं भनेको छ ।

भुवन दाहाल

सीइओ, सानिमा बैंक

मेरा घरमा बुबा–आमा हुनुहुन्छ । त्यसैले टीका लगाएर उहाँहरुले नै दिनुहुन्छ । म बुबाआमालाई ४०÷५० हजार रुपैयाँ दिन्छु । मेरो ममी अलि बढी खर्च गर्न रुचाउनुहुन्छ ।

म दारु पनि नखाने र माछा मासुपनि नखाने मजस्तालाई दशैं खाली भेटघाट मात्रै हुँदोरहेछ । म आफुले चाहिँ १ हजार रुपैयाँ दक्षिणा पाउँछु । र, मैले पनि १ हजार रुपैयाँ नै दिन्छु । म त खामै नखोली श्रीमतीलाई दिन्छु । कति हुन्छ भनेर म हेर्दै हेर्दिँन । खास दक्षिणा कति आउँछ भनेर श्रीमतिलाई नै थाहा होला ।

पर्शुराम कुँवर क्षेत्री
सीइओ, जनता बैंक नेपाल

म दशैंमा गृहनगर पोखरा जान्छु । पोखरामा गएर परिवारसँग दशैं मनाउँछु । मलाई दशैं रमाइलो लाग्छ । म संस्कार अनुसार टिका लगाउन जान्छु । र, लगाउँछु पनि । दशैंमा म टिका लगाएर १ हजार रुपैयाँ दक्षिणा दिन्छु । त्यो पनि ज्वाँइहरुलाई हो । र, मैले पाएको पनि हजार रुपैयाँ नै हो । दक्षिणाको विषयमा मलाई एउटा कुरा याद छ– सानो उमेर छँदा मलाई हजुरबुबाले एक सुक्का दिन्छु भनेर २ पैसा दिनु भएको थियो । छोरीहरुलाई २ सुक्का दिएर मलाई २ पैसा दिनुभएको थियो । त्यसबेला म निकै रिसाएको थिएँ ।

रमेश अर्याल

सीइओ, एनसीसी बैंक

यो वर्ष मेरो दशैं छैन । घरपरिवारसँगै बसेर मनाउँछु । मैले दक्षिणा दिनुपर्दा बढीमा १ हजार रुपैयाँसम्म दिएको छु । र, मैले पनि १ हजार रुपैयाँ दक्षिणा पाएको छु । दक्षिणा भनेको पैसा कमाउने कुरा होइन, आशिर्वाद लिने कुरा हो ।


पुष्प दुलाल