पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्



१. एटिएमको प्रयोग गर्नुस्

अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुको एटिएम छ । तपाइले आफ्नो पैसा आफ्नै बैंक खातामा राख्नुस् । अनि तपाइँको घरको सबैभन्दा नजिक रहेको बैंकको एटिएमबाट आफ्नो पैसा झिक्नुस् र सुरक्षित तरिकाले घरसम्म पुर्याउनुस् । यसो गर्नुभयो भने बाटामा चोरी हुने, हराउने वा नास हुने खतरा कम हुन्छ । अहिले एउटा बैंकको खातामा रहेको पैसा अर्काे बैंकको एटिएमबाट पनि झिक्न मिल्छ ।

२. मोबाइल बैंकिङको प्रयोग गर्नुस्

अहिले धेरै दुर्गम र ग्रामीण क्षेत्रमा पनि मोबाइल बैंकिङ सेवा पुगेको छ । तपाइसँग भएको मोबाइल वालेटको प्रयोग गरेर प्वाइट अफ सेलबाट पैसा झिक्न सक्नु हुन्छ । यो सुबिधा प्रयोग गर्नको लागि आफू बसेको ठाउको बैंक खातामा पैसा जम्मा गर्ने र मोवाइल वालेटको प्रयोग गरेर प्वाइन्ट अफ सेलबाट पैसा झिक्न सकिन्छ ।

३. ब्रान्चलेस बैंकिङको प्रयोग गर्नुस्

नगद बोकेर यात्रा गर्न तपाइलाई डर लागिरहेको छ भने ब्रान्चलेस बैंकिङ सुबिधा पनि प्रयोग गर्न सक्नुहुन्छ । अहिले धेरै गाउँ र दुर्गम क्षेत्रहरुमा ब्रान्चलेस बैंकिङ सेवा पुगेको छ । तपाइको गाउमा वा नजिकको ठाउमा ब्रान्चलेस सेवा छ छैन भनेर पहिला यकिन गर्नुस् । यो यकिन भएपछि त्यो ब्रान्चलेस बैंकिङ सेवा भएको ठाउमा तपाइका आफन्तले खाता खोलेका हुन सक्छन् । रहेनछ भने पनि आफन्तलाई त्यहाँ खाता खोल्न लगाउनुस् । त्यसपछि त्यो खातामा तपाइ बसेकै ठाउमा प्रयोग गर्ने बैंक खाताबाट पैसा जम्मा गरिदिनुस् र गाउकै ब्रान्चलेस बैंकिङ केन्द्रबाट पैसा झिकेर दशैं मनाउनुस् ।

४. आफन्तको खाता प्रयोग गर्नुस्

तपाइको गाउ वा घर नजिकै कुनै बैंकको शाखा छ भने तपाइका आफन्तको खाता त्यो बैंकमा हुन सक्छ । बैंक शाखा छ तर खाता छैन भने खाता खोल्न लगाउनुस् । त्यसपछि ती आफन्तको बैंक खातामा तपाइले आफू बसेको ठाउको बैंकबाट रकम जम्मा गरिदिनुस् । यति गरिसकेपछि तपाइले आफन्तलाई वा तपाइ आफै पुगेपछि ती आफन्तको खाताबाट पैसा झिक्नुस् ।

५. आन्तरिक रेमिटान्सको प्रयोग

सबैभन्दा पहिला पैसा बोकेर हिड्ने कुरालाई तपाइले कम प्राथमिकतामा राख्नु पर्यो । यसको विकल्पमा तपाइले आन्तरिक रेमिटान्सको प्रयोग गर्न सक्नुहुन्छ । अर्थात तपाइले आफू बसेको ठाउँबाट आफू जाने ठाउमा आफन्तको नाममा वा आफै त्यही गएर झिक्ने हो भने आफ्नै नाममा पैसा झिक्न पाउने गरी पैसा पठाउन सक्नु हुन्छ । यो विधि प्रयोग गर्दा केही शुल्क भने लाग्न सक्छ । तर, सबै रकमको जोखिम लिनुभन्दा केही शुल्क तिरेर सुरक्षित हुनु राम्रो होइन र ?


पुष्प दुलाल