बैंकका यी शाखा, जसले दशैं विदामा पनि ग्राहकलाई सेवा दिइरहेका छन्



काठमाडौं । नेपालीहरु यसबेला दशैंमा मस्त झुमिरहेका छन् । दशैंविदा भएकाले सहरबजार सुनसान छन् भने गाउँमा सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

दशैं विदामा बैंकहरु पनि बन्द हुन्छन् । तर, बैंकहरुले आफ्नो सेवालाई प्रभावकारी बनाउन दशैं विदामा पनि सेवा दिन थालेका छन् ।
अधिकांस बैंकले केही शाखामार्फत् दशैं विदाम पनि बैंकिङ सेवा उपलब्ध गराइरहेका छन् । जसकारण अर्जेन्ट काम पर्नेहरुले भने दशैंमा पनि बैंकिङ कारोबार गर्न सक्छन् ।

नेपाल बैंकले न्यूरोड शाखाबाट ११ बजेदेखि २ बजेसम्म बैंकिङ शेवा सञ्चालन गरिरहेको छ ।

कुमारी बैंकले पुतलीसडक र न्यूरोड शाखा दशैंको नवमीको दिनसम्म खुल्छन् । पुतलीसडक १२ बजेदेखि ३ बजेसम्म र न्यूरोड शाखा २ बजेदेखि ५ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ । टिकाको दिन भने बैंक खुल्ने छैन ।

सिभिल बैंकको पुतलीसडक, कमलादी, न्यूरोड, विरगञ्ज, भैरहवा, नेपालगञ्ज र पोखराका शाखाहरु खुल्ला छन् । यी सबै शाखाहरु ११ बजेदेखि २ बजेसम्म खुल्छन् । टिकाको दिन भने कुनै शाखा नखुल्ने बैंकले जानकारी दियो ।

मेगा बैंकको ठमेल, राइजिङमल। न्यूरोड र महाराजगञ्जको शाखा खुल्ला छ । बैंकको ठमेल शाखा २ बजेदेखि ५ बजेसम्म खुल्ने छ भने ११ बजेदेखि २ बजेसम्म खुल्ने छ । टिकाको दिन बैंकका यी शाखा १ देखि २ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

एनसिसि बैंकको न्यूरोडको २ वटा शाखा खुल्ला छन् । एउटा शाखा ११ बजेदेखि २ बजेसम्म र अर्को शाखा १२ देखि २ बजेसम्म खुल्ला रहेकोक बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकको घन्टाघर र बिजुली बजारको शाखा खुल्ने छ । बैंकका यी शाखा टिकाको दिन बाहेक अन्य दिन ११ बजेदेखि १ बजेसम्मका लागि खुल्न लागेको बैंकले जानकारी दिएको छ।

यस्तै ग्लोबल आइएमई बैंकको न्यूरोड र कान्तिपथ शाखा दशैं बिदामा पनि सञ्चालन भइरहेका छन् । बैंकका यी शाखा टिकाको दिन बाहेक अन्य दिनका १० देखि १ बजेसम्मका लागि खुल्ला रहने बैंकले जनाएको छ ।

एसबीआई बैंकको न्यूरोड शाखा टिकाको दिन बाहेक दशैं बिदाका अन्य दिनहरुमा ११ बजेदेखि २ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकको बानेश्वर र नयूरोड शाखा दशैं बिदामा पनि खुल्ला छन् । बानेश्वर शाखा ११ः३० बजेदेखि २ः३० बजेसम्म खुल्ने छ भने न्यूरोड शाखा १०ः३० देखि १ः३० बजेसम्म सञ्चालनमा आउने बैंकले जानकारी दिएको छ ।

यस्तै सिदार्थ बैंकको हातिसार, कुमारीपाटी, न्यूरोड र तिनकुने शाखा दशैं बिदाका दिन पनि खुल्ला छन् ।

बैंकको हात्तिसार र कुमारीपाटी शाखा दशैं बिदाको दिन ११ बजेदेखि २ बजेसम्म खुल्ने छन् भने न्यूरोड र तिकुने शाखा २ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार सो शाखाहरु टिकाको दिन बाहेक अन्य दिन सञ्चालनमा रहने छन् ।

यस्तै उपत्यका बाहिर सिदार्थ बैंकको विराटनगर, विरगञ्ज, वुटवल, नारायणगढ, दमक, धनगडी, जनकपुर, टिकापुर घोराही र भैरहवाका शाखाहरु दशैं बिदामा पनि सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकको कुमारीपाटी, न्यूरोड र सुर्यविनायक शाखा दशैं बिदामा पनि खुल्ला छन् । यी बैंक ३० र ३१ गते ११ देखि २ बजेसम्म मात्र सञ्चालनमा आउने बैंकले जानकारी दिएको छ ।

साथै उपत्यका बाहिर इटहरी, दमक, धनगडी, नारायणगढ, नेपालगञ्ज, पोखरा, विर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, विरगञ्ज, सुर्खेत र हेटौडाका शाखाहरु पनि दशैं बिदामा सञ्चालन भइरहेका छन् ।

प्रभु बैंकको बबरमहल, कमलादी, जावलाखेल, गंगबुचोक, खिचापोखरी र सूर्यविनायक शाखाहरु दशैं बिदामा पनि खुल्ला छन् । यी शाखाहरु नवमीको दिनसम्म ११ बजेदेखि २ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ ।

यस्तै उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगंज, कलैया, विरगंज, विराटनगर, बाग्लुङ र धनगढी शाखा दशैंको बिदामा पनि सञ्चालन भइरहेको प्रभु बैंकले जनाएको छ ।

हिमालयन बैंकको ठमेल, न्यूरोड, महाराजगंज र पाटन शाखाहरु दशैं बिदामा पनि खुल्ला छन् । बैंकको ठमेल शाखा ३०, ३१ र ३ गते १० बजेदेखि १ बजेसम्म खुल्ने छ । न्यूरोड शाखा ११ बजेदेखि २ बजेसम्म र महाराजगंज शाखा १२ बजेदेखि ३ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ । उपत्यका बाहेक पोखरामा ३० गते ११ बजेदेखि ३ बजेसम्म खुल्ने छ ।

नबिल बैंकको महाराजगंज, नयाँ बनेश्वर, त्रिपुरेश्वर, नयूरोड, तिनधारा र ललितपुर शाखाहरु दशैं बिदामा पनि खुल्ला हुने छ ।

महाराजगंज, नयाँ बनेश्वर र त्रिपुरेश्वर बैंक शाखा ३० गते खुल्ने छ भने न्यूरोड शाखा १० देखि १ बजेसम्म खुल्ला छ । तिनधारा र ललितपुर शाखाहरु भने दशैं विदा अवधिभर सम्पूर्ण दिन खुल्ला रहने बैंकले जानकारी दिएको छ ।

जनता बैंकको नयाँ बानेश्वर र नयूरोड शाखा दशैं बिदामा पनि खुल्ने बैंकले जानकारी दिएको छ । नयाँ बनेश्वर शाखा ३० गते र न्यूरोड शाखा३१ गते खुल्ला हुने बैंकले जनाएको छ ।

यस्तै उपत्यका बाहिर विरगंज, नारायणगढ, मिलनचोक बुटवल, भैरहवा, घोराही, धनगढी, महेन्द्रनगर शाखा ३० गते १० बजेदेखि १ बजेसम्म खुल्ला रहने बैंकले जानकारी दिएको छ ।

स्ट्याण्डर्ड चार्टड बैंक नयाँ बनेश्व, लाजिम्पाट, न्यूरोड, ललितपुर र बौद्ध शाखा दशैं बिदामा पनि खुल्ने छ । बैंकको नयाँ बनेश्वर शाखा ३१ र १ गते, लाजिमपाट शाखा ३० र ३ गते, न्यूरोड शाखा ३० गते, ९ः३० देखि १३ः३० बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ । ललितपुर शाखा १ र ३ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने र बौद्ध शाखा ३१ गतेदेखि २ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ ।

यस्तै उपत्यका बाहिर विराटनगर, पोखरा, नेपालगञ्जm नारायणगढ र बुटवल शाखा दशैंमा पनि खुल्ने बैंकले जानकारी दिएको छ ।
एनएमबि बैंकको कान्तिपथ शाखा ३०, ३१, १, ३ , २१ र २२ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, फिदिम, ट्राफिक, विर्तामोड, धनगढी र नेपालगंज लगायतका ठाउँमा ११ बजेदेखि २ बजेसम्म दशैं बिदामा पनि बैंका शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ ।

सो विदा अवधिमा नगद जम्मा र चेक सटहीका लागि खुल्ला हुने र टिकाको दिन बन्द रहने बैंकले जानकारी दिएको छ ।

यसैगरी कृषि विकास बैंकको लगनखेल, कलंकी, कोटेश्वर, दूधपाटी, जोरपाटी, न्यूरोड र सामाखुसी शाखाहरु दशैं विदामा पनि खुल्ने बैंकले जानकारी दिएको छ ।

लगनखेल, कलंकी, कोटेश्वर, दूधपाटी र न्यूरोड शाखाहरु टिकाको दिन बाहेक सबै दिन खुल्ने बैंकले जानकारी दिएको छ । यस्तै जोरपाटी र सामाखुसी शाखा २१ र २२ गते मात्र खुल्ने छन् ।

यस्तै उपत्यका बाहिर पोखरा, दमौली, स्याङ्जा, भैरहवा, सिद्धार्थनगर, बुटवल, खस्यौसी, घोराही, लमही, धम्बोजी, कोहलपुर, सुर्खेत, धनगढी। महेन्द्रनगर, डडेलधुरा, अत्तरिया र सुख्खडका बैंक शाखाहरु खुल्ला रहने बैंकले जानकारी दिएको छ ।

एनआईसी एसिया बैंकको कामलादी, खिचापोखरी, थापाथली, चाबहिल र कलंकी शाखाहरु दशैं बिदामा पनि खुल्ला रहने बैंकले जानकारी दिएको छ । कामलादी, खिचापोखरी र थापाथली शाखा टिका बाहेक अन्य दशैं बिदाका दिनमा खुल्ने बैंकले जानकारी दिएको छ। यस्तै चाबहिल र कलंकी शाखा ३० गते, बालाजु र कोटेश्वर शाखा ३१ गते ११ गतेखेअि २ बजेसम्म खुल्ला हुने छन् ।

उपत्यका बाहिर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, जनकपुर, लाहान, हरिवन, मलंगवा, बुटवल, नेपालगञ्ज, धनगढीको चौराहा र न्यूरोड पोखरा शाखा दशैं बिदामा पनि खुल्ला रहने बैंकले जानकारी दिउको छ ।


पुष्प दुलाल