दशैंका लागि साटिए १२ अर्ब नयाँ नोट



काठमाडौं । दशैं सर्वसाधारणले १२ अर्ब रुपैयाँ नयाँ नोट साटेका छन् । नेपाल राष्ट्र बैंक आफैंले र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएका थिए ।

राष्ट्र बैंकको नोट विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार २९ गते साँझसम्ममा राष्ट्र बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ ।

‘असोज २१ गतेदेखि असोज २९ गतेसम्म सर्बसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराइएको थियो, यो अवधिभर ११ अर्ब ७९ करोड नयाँ नोट साटिएका छन्,’ कार्यकारी निर्देशक निरौलाले क्लिकमाण्डूसँग भने ।

त्यस्तै, यो अवधिमा राष्ट्र बैंकले भुक्तानीका लागि पनि मोटो रकम बजारमा पठाएको उनले जानकारी दिए । भुक्तानीका लागि ५०० र १०० दरका नोट पठाइएको थियो ।

एक जना ब्यक्तिले ५,१०,२० र ५० रुपैयाँ दरका दुई दुई पाकेट र १०० रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्मका नयाँ नोट उपलब्ध गराइएको कार्यकारी निर्देशक निरौलाले जानकारी दिए ।


पुष्प दुलाल