दशैं लगतै आउँदैछ माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्च यकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।

यस्तै आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ ।
तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाखख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुने छ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्त्रकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।


पुष्प दुलाल