मन्त्री परिषद्को निर्णय, जनकपुर- जयनगर रेलमार्गको व्यवस्थापन सरकारले गर्ने



काठमाण्डौ । जनकपुर- जयनगर–कुर्ता रेलमार्गको व्यवस्थापन सरकारले नै लिने भएको छ । नेपालको झन्डासहितको रेल चलाउन आवश्यक प्रकृया अगाडि बढाउन नेपाल सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद बैठकले कुर्ता–जनकपुर–जयनगर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको भन्दै आफ्नै व्यवस्थापनमा रेल गुडाउन आवश्यक व्यवस्थापनका निम्ती निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यसैबीच, मन्त्रिपरिषदको बैठकले समग्र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ती सुझाव दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ ।

त्यसैगरी चिकित्सा शिक्षाको क्षेत्रमा यसवर्ष शुल्क नबढ्ने भएको छ । मन्त्रिपरिषदले विगतको कार्यदलले गरेको निर्णयअनुसार नै यसवर्षको मेडिकल शिक्षाको शुल्क यथावत राख्ने निर्णय गरेको हो ।

यसैगरी लोकसेवा आयोगको नयाँ कर्मचारी भर्ना सम्बन्धी सूचना २ महिनाका लागि रोक्का भएको छ । केही मन्त्रालयहरूको संगठन र व्यवस्थापन संरक्षण बाँकी रहेकोले लोकसेवा आयोगलाई आगामी दुई महिनापछि मात्रै विज्ञापन गर्नेगरी हालका लागि विज्ञापन नखोल्न मन्त्री परिषद्ले आग्रह गरेको गरेको छ ।


क्लिकमान्डु