बामदेव काठमाण्डौ ७ बाट उपनिर्वाचन नउठ्ने, उनी किन पछि हटे ?



काठमाण्डौ । सर्वत्र आलोचना भएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णयबाट पछि हटेका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहुसंख्यक नेता विपक्षमा देखिएपछि गौतम चुनाव लड्ने तयारीबाट पछि हटेको स्रोतले बताएको छ । पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने स्थिती देखेपछि उनी पछि हटेकोबताइएको छ ।

आफूसँग परामर्श नै नगरी राजीनामा दिएर क्षेत्र खाली गराउने काठमाडौं–७ का सांसद रामवीर मानन्धर र सांसद बन्ने आकांक्षा देखाएका नेता गौतम प्रति प्रधानमन्त्री ओली रूष्ट बनेको बताइएको छ ।


क्लिकमान्डु