नयाँ गाडी किन्न बाणिज्य बैंकले ९ प्रतिशत ब्याज मै ऋण दिने



काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँ मध्ये जुन कम हुन्छ, सो रकम कर्जा लगानी गरिने छ । कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढी कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ ।

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कात्तिक मसान्तसम्म मात्र लागु हुनेछ । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।


क्लिकमान्डु