स्वत: स्थायी नगरे सरकार विरुद्ध अरिंगाल झैं खनिने राहत कोटाका शिक्षकहरुको चेतावनी (भिडियोसहित)



काठमाडाै । कक्षामा विद्यार्थीका अगाडि ज्ञानका कुरा चिच्चाउदै  पढाउँदै अाएका  राहत शिक्षकहरू अाज राजधानीमा स्वतः स्थायी गराउने माग राख्दै सडक तताए  ।

देशभरका राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन  गरेका छन । आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै राहत शिक्षकहरूले- स्वत स्थायी नगरे अरिङगालकाे गाेलाे बनेर अान्दाेलन चर्काउने बताएका छन ।

भिडियाे हेर्नुहाेसः

अाफुहरूकाे स्थायी व्यवस्थापनका लागि न्यायिक अान्दाेलन गर्न काठमाडाै अाउनुपरेकाे  शिक्षकहरूकाे गुनासाे छ ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आहृवानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

देशभर अहिले ४० हजार राहत शिक्षकहरू अध्यापनरत छन । विद्यालयमा माैरी जस्तै मिहिनेत गरेर अाफुहरूले काम गर्दा पनि सरकारले अाफुहरूमाथि न्याय दिन नसकेकाे उनीहरूकाे गुनासाे छ ।

 


पुष्प दुलाल