गज्जबको होम स्टे, जहाँ मगर समुदाय आफैं पञ्चेबाजा बजाएर पाहुनाको स्वागत गर्छन् (भिडियोसहित)



पाल्पा । पारिवारिक वातावरणमा ग्रामीण संस्कारसहित आनन्द लिँदै केहीदिन घुमफिर गर्ने गर्ने योजना बनाउनुभएको छ ? छ भने तपाईंका लागि पाल्पाको कसेनीस्थित मगर होम स्टे उपयुक्त बिकल्प हुनसक्छ ।

सदरमुकाम तानसेनबाट करिब आधा घन्टाको सवारी यात्रामा पुगिने मगर समुदायको वस्तीमा रहेको यो छ होम स्टे ।

मगर समुदायमा परिचित बटुक, पाल्पा जिल्लाकै विशेष मानिने चुकौनी, लोकल कुखुरा तथा बङगुरको मासुका विभिन्न परिकारहरु यहाँका विशेष खाने परिकारहरु हुन् । सिजनअनुसारका विषादीरहित साग, सिम्लीकानको अचार लगायतका परिकारले मनै लोभ्याउछ ।

लोकल र मिसावट नभएरको शुद्ध रक्सीको स्वाद लिन चाहानेको सङख्या धेरै छ । तर व्यापारिक प्रयोजनका लागि बनाइएका रक्सीमा मिसावट नहुने कम सम्भावना हुन्छ । मगर समुदायले आफैं बनाएको लोकल रक्सीको स्वाद यही मगर होम स्टे क्षेत्रमा लिन पाइन्छ ।


त्यति मात्रै होइन, यस होम स्टे क्षेत्रमा मगर समुदायले आफै पञ्चेबाजा बजाएर पाहुनाहरुको स्वागत गर्छन । पाहुनाहरुलाई थप मनोरञ्जन दिनको लागि राति मगर समुदायले आफ्नो गित तथा नृत्य प्रस्तृत गर्दछन । मगर समुदायको आफ्नै भाषमा रहेका गितका नृत्यले मन निकै प्रफुल्ल बनाउँछ ।

नेपालमा होम स्टे व्यवसाय दिन प्रतिदिन मौलाउदो छ । देशभर धेरै होमस्टे छन । सबै होमस्टे आ-आफ्नो बेग्लै र विशेष सेवा दिएर पाहुना आकर्षण गर्न चाहान्छन । होमस्टे व्यवसायले पर्यटन प्रवद्धनमा निकै सहयोगी भूमिका खेल्दै आएका छन् ।

देशभर छरिएर रहेका होम स्टे मध्येको बेग्लै र विशेष पहिचान बोकेको होम स्टे हो पाल्पा बोहागुम्बाको कसेनी टोल स्थित मगर होम स्टे क्षेत्र । होम स्टे बस्ने भनेपछि सबैको मन हुरुक्क हुन्छ ।

मगर होम स्टे क्षेत्रमा स्वदेशी पाहुना मात्र नभइ विदेशी पाहुना पनि आउने गरेका छन् ।


पुष्प दुलाल