अखाद्य पदार्थको प्रयोग गर्ने बानेश्वरको संगम स्वीट्समा शिलबन्दी




काठमाडौं । खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले आज बानेश्वरको संगम स्वीट्स पसल शिलबन्दी गरेको छ ।

अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै विभागले संगम स्वीट्स पसल र मिठाई उत्पादन कारखानामा अर्को सूचना जारी नहुँदासम्मका लागि शिलबन्दी गरिएको हो ।

बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरी शिलबन्दी गरेको कृषि तथा पशुपन्छि मन्त्री चक्रपाणी खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले जानकारी दिए ।


क्लिकमान्डु