टिभी किन्दा अफरै अफर, कुन कम्पनीमा के छ ?



काठमाडौं । के तपार्इँ दशैं तिहारको अवसरमा नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? पक्कैपनि हुनु हुन्छ होला । यदी टिभी किन्न सोचमा हुनुहुन्छ भने विभिन्न कम्पनीले धेरै प्रकारका अफर दिदैछन् । यसमा तपाईँ कत्तिको जानकार हुनु हुन्छ ?

अफरबारे थाहा पाउन पसल–पसल धाउनु पर्दैन, तपाईँहरुको सजिलोका लागि यो दशैंमा कुन टिभीमा कस्तो छुट अथवा अफरको व्यवस्था रहेको छ ? यही बारेमा हामीले यो सामाग्री तयार पारेका छौं :

नेपालमा सबैभन्दा चर्चित कम्पनीहरुमा एलजी, सिजी, स्काइ वर्थ, कोन्का, कलर्स, भिडोकोन, सामसङ, साइनिक्स लगायतका कम्पनीहरु पर्छन् । यी कम्पनीहरुले आफ्ना ब्राण्डहरुमा ३६ प्रतिशत क्यास ब्याकदेखि फ्रि स्पिकर उपहारसम्मको व्यवस्था मिलाएका छन् ।

कुन कम्पनीको कस्तो अफर ?


एलजी : एलजीको कुरा गर्नु पर्दा । यो पटक एलजीले टिभी किन्दा फ्रि एलजि स्पिकर बार, फ्रि एलजी होम अडियो, फ्रि ब्लुतुक स्पिकर र फ्रि म्याजिक रिमोट लगायतका उपहारहरु उपलब्ध गराउने भएको छ ।

यसका साथै एलजीले टिभी किन्दा एलजी ओएलइडी, एलजी यूएचडी, एलजी स्मार्ट, एलजी, सुपर यूएचडी र एलजी लेड टिभी किन्दा ३६ प्रतिशतसम्म क्यास ब्याकको अफर समेत राखेको छ । साथै २ वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ ।

सिजी : सिजीले टिभी किन्दा आकर्षक क्यास ब्याक अफर र थुप्रै पक्का उपहारहरुको व्यवस्था गरेको छ । यो दशैमा सिजीको टिभी किन्नेले ३६ प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ । ३ वर्षको वारेन्टीका साथै ब्लुतुक सहितको ४ हजार ३ सय ९० रुपैयाँदेखि ७ हजार ५ सय ९० रुपैयाँसम्म पर्ने सिजी स्पिकर पाउन सक्ने छन् ।

कलर्स : कलर्सले टिभि किन्दा ४ हजार रुपैयाँदेखि १२ हजार ९ सय ९० रुपैयाँसम्मको रकम फिर्ता गर्ने भएको छ । साथै, कलर्सको टिभी किन्दा लक्कि ड्र मार्फत फोके स्मार्ट टिभी बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले दशैँकै अवसरमा टिभीमा ३ वर्षसम्मको वारेन्टीपनि दिने भएको छ ।

भिडोकोन : भिडोकोनको हरेक २० देखि ४३ इन्चको एलइडी टिभी किन्दा उपभोक्ताले एलई फोन केवान प्राप्त गर्न सक्ने छन् । साथै ५० देखि ६५ इन्चसम्मको एलइडी टिभी किन्ने ग्राहकले भिडोको तर्फबाट एउटा स्ट्यान्ड फ्यान पाउने कम्पनीले जानकारी दिएको छ । सो अफर साइनिक्स कम्पनीले पनि आफ्नो टिभीमा लागु गरेको छ ।

कोन्का : तपाईँले कोन्काको टिभी किन्दा घडी, स्टिल आइरन, फ्यान र बिनाटोन एयरफ्रायर फ्रिमा पाउन सक्नु हुनेछ ।

स्काइवर्थ : स्काइ वर्थले आफ्नो टिभीमा उपभोक्ताका लागि भनी ४ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँ बराबरको स्पिकर फ्रि दिने भएको छ ।

सामसङ : सामसङको टिभी किन्दा उपभोक्ताले ३५ प्रतिशतसम्मको छुट पाउन सक्ने छन् । साथै लक्कि ड्र मार्फत थुप्रै उपहारहरु पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु