सुपथ मूल्य पसलमा कुन खाद्य सामाग्रीको मूल्य कति ?



काठमाडौं । सरकारले चाडपर्वमा खाद्य सामाग्री खरिद गर्दा उपभोक्ता नठगिउन भनेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा २ रुपैयाँ देखि ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

नेपाल खाद्य संस्थान, दुग्ध संस्थान र साल्ट ट्रेडिङले संयुक्त रुपमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । असोज १२ गतेदेखि सुरु भएको सुपथ मूल्य पसल कार्तिक २७ सम्म सञ्चालन हुनेछ ।

सुपथ मूल्य पसल देशभर ३६ स्थानमा सञ्चानमा आएका छन् । उपत्यका भित्र १२ र उपत्यका बाहिर २४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा छन् ।

साल्ट ट्रेडिङले नुन र चिनीमा २ रुपैयाँ छुटको व्यवस्था गरेको छ । साल्ट ट्रेडिङले नुन १८ रुपैयाँमा विक्री गरिरहेको छ । पुरानो खुद्रा बिक्री मूल्य अनुसार नुनको मूल्य २० रुपैयाँ प्रतिप्याकेट रहेको थियो ।

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी ७६ रुपैयाँमा बिक्रीका लागि राखिएको छ । बाहिर खुद्रा पसलमा चिनीको मूल्य प्रतिकेजी ७८ रुपैयाँसम्म रहेको साल्ट ट्रेडिङले दाबी गरेको छ ।

यस्तै, साल्ट ट्रेडिङले मैदाको पिठोमा ५ रुपैयाँ छुट दिएको जानकारी दिएको छ । सुपथ मूल्य पसलमा मैदाको पिठो (एसटिसि) मैदा प्रतिप्याकेट १ सय १५ रुपैयाँमा बिक्री गरिएको छ । प्याकेटमा २ केजी पिठो हुन्छ । उक्त प्याकेटको मैदाको मूल्य खुद्रा पसलमा १ सय २० रुपैयाँ पर्ने साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

एसटिसिको पिठो ५ केजीको २ हसय १० रुपैयाँमा विक्रीका लागि साल्ट ट्रेडिङले राखेको छ । यो पिठोको मूल्य बाहिर २ सय १५ रुपैयाँ रहेको ट्रेडिङले जानकारी दिएको छ ।

यस्तै, साल्ट ट्रेडिङले चामलमा २५ रुपैयाँ छुट दिएको छ । भान्छाघर स्टिम जिरा मसिनो चामल २५ केजीको १ हजार ६ सय २५ रुपैयाँमा बिक्री वितरण गरिरहेको छ । यो चामलको मूल्य बाहिर खुद्रा पसलमा २५ केजीको १ हजार ६ सय ५० रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

यस्तै, मंगलम स्टिम सोनाम चामल २५ केजी बोराको १ हजार ६ सय ५० रुपैयाँमा बिक्री गरिएको साल्ट ट्रेडिङले जनाएको छ । बाहिर बजारमा २५ केजी मंगलम स्टिम सोनाम चामलको मूल्य १ हजार ६ सय ७५ रुपैयाँ पर्ने साल्ट ट्रेडिङले बताएको छ ।

त्रिशुली लोकल जिरामसिनो चामल २५ केजीको २ हजार ७ सय २५ रुपैयाँमा विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा पसलमा यो चामल २५ केजीको २ हजार ७ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यस्तै, एसटिपसि प्रिमियम पोखरेली चामल सुपथ मूल्य पसलमा २० केजी बोराको १ हजार ४ सय ७५ रुपैयाँमा विक्री भइरहेको छ । सो चामल बाहिर खुद्रा पसलमा १ हजार ५ सय रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

यस्तै, भान्छा घर लङ्गग्रेन उसिनेको चामल ५ केजी प्याकेटको ६ सय २० रुपैयाँमा सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । सो चामलमा १० रुपैयाँ छुट राखिएको साल्ट ट्रेडिङले जानकारी दिएको छ । बाहिर पसलमा यो चामलको मूल्य ५ केजी प्याकेटको ६ सय ३० रुपैयाँ पर्छ ।

वेलकम लङ्गग्रेन चामल ५ केजीको प्याकेट ७ सय १५ रुपैयाँमा सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । बाहिर बजारमा यसको मूल्य ५ केजीको ७ सय २५ रुपैयाँ पर्ने साल्ट ट्रेडिङको दाबी छ ।

यो चामल २० केजी किन्दा २ हजार ६ सय ६० रुपैयाँ तोकिएको साल्ट ट्रेडिङले जानकारी दिएको छ । बाहिर यसको मूल्य २ हजार ६ सय ७५ रुपैयाँ रहेको छ ।

सानो मन्सुली चामल ३० केजीको १ हजार ३ सय ६० रुपैयाँमा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ । बाहिर सो चामलको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ पर्छ ।

यस्तै, साल्ट ट्रेडिङले चिउरामा २ रुपैयाँ छुट दिएको छ । एसटिसि रातो चिउरा प्रतिकेजी ७८ रुपैयाँ प्रतिकेजी बिक्री वितरण भइरहेको छ । बाहिर यसको मूल्य ८० रुपैयाँ पर्ने साल्ट ट्रेडिङको दाबी छ ।

सेतो लोकल भान्छा घर झुरुम झुरुम चिउरा प्रतिकेजी ७८ रुपैयाँमा सुपथ मूल्य पसलमा विक्री भइरहेको छ । यसको मूल्य बाहिर ८० रुपैयाँ हरेको साल्ट ट्रेडिङको भनाई छ ।

यस्तै, भान्छा घर भुजा ३ सय ५० ग्राम ३८ रुपैयाँमा सुपथ मूल्य पसलमा विक्री भइरहेको छ । बाहिर भुजाको मूल्य ४० रुपैयाँ रहेको साल्ट ट्रेडिङको भनाई छ ।

साल्ट ट्रेडिङले दाल तथा गेडागुडीमा ५ रुपैयाँ छुट दिएको छ । सुपथ मूल्य पसलमा मुसुरोको दाल प्रतिकेजी ८५ रुपैयाँमा विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा बजारमा यसको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

एसटिसि मुसुरोको दाल सुपथ मूल्य पसलमा ९० रुपैयाँ प्रतिकेजी रहेको छ । यसको मूल्य बाहिर खुद्रा पसलमा ९५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

एसटिसि कालो मुसुरोको गेडा सुपथ मूल्य पसलमा १ सय ७५ रुपैयाँ प्रति प्याकेटमा साल्ट ट्रेडिङले विक्री वितरण गरिरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय ८० रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

रहरको दाद नन् पोलिस सुपथ मूल्य पसलमा १ सय ५ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ रहेको छ ।

एसटिसि रहर दाल नन् पोलिस प्रति प्याकेट १ सय १० रुपैयाँमा सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले बिक्री गरिरहेको छ । बाहिर खुद्रा बजारमा यसको मूल्य १ सय १५ रुपैयाँ रहेको छ ।

मासको दाल प्रतिकेजी ८५ रुपैयाँमा साल्ट ट्रेडिङले विक्री वितरण गरिरहेको छ । बाहिर खुद्रा पसलमा मासको दाल प्रतिकेजी ९० रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

एसटिसिको मासको दाल सुपथ मूल्य पसलमा प्रति प्याकेट ९० रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यो दाल ९५ रुपैयाँ प्रति प्याकेट रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

यस्तै चनाको दाल सुपथ मूल्य पसलमा प्रतिकेजी १ सय २० रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।

एसटिसि चनाको दाल सुपथ मूल्य पसलमा १ सय २५ रुपैयाँ प्रति प्याकेट रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय ३० रुपैयाँ रहेको छ ।

काबुली चना सुपथ मूल्य पसलमा १ सय ४५ रुपैयाँमा विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा पसलमा युसको मूल्य १ सय ५० रुपैयाँ रहेको साल्ट ट्रेडिङले बताएको छ ।

एसटिसि काबुलि चना सुपथ मूल्य पसलमा १ सय ५० रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय ५५ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

बोडी सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले ९५ रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेको छ । बाहिर यसको मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको छ ।

एसटिसि बोडि सुपथ मूल्य पसलमा प्रति प्याकेट १ सय रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय ५ रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

हरियो केराउ सुपथ मूल्य पसलमा ७० रुपैयाँ प्रतिकेजी विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा पसलमा हरियो केराउ प्रति प्याकेट ७५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

एसटिसि हरियो केराउ सुपथ मूल्य पसलमा ७५ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा प्रति प्याकेट ७५ रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

सेतो केराउ प्रतिकेजी ६० रुपैयाँमा सुपथ मूल्य पसलमा बिक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य ६४ रुपैयाँ रहेको साल्ट ट्रेडिङले बताएको छ ।

एसटिसि सेतो केराउ सुपथ मूल्य पसलमा प्रति प्याकेट ६५ रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य ६८ रुपैयाँ रहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

यस्तै, नेपाल खाद्य संस्थानले अरुवा सोना चामलमा ५ रुपैयाँ छुट दिएको छ । सोना चामलको मूल्य सुपथ मूल्य पसलमा ४० रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा यही चाम ४५ रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।

अरुवा जिरा चामल सुपथ मूल्य पसलमा ५५ रुपैयाँ प्रतिकेजी विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य ६० रुपैयाँ रहेको छ ।

यस्तै, गोरखनाथ चामलमा नेपाल खाद्य सस्थानले १० रुपैयाँ छुट दिएको छ । सुपथ मूल्य पसलमा यो चामलको मूल्य ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य प्रतिकेजी ४८ रुपैयाँ रहेको छ ।

जापानिज चामलको मूल्य सुपथ मूल्य पसलमा खाद्य संस्थानले प्रतिकेजी ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य ८० रुपैयाँ रहेको खाद्य संस्थाले जानकारी दिएको छ ।

यस्तै, कर्णालीको सिमी सुपथ मूल्य पसलमा १ सय २० रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भइरहेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य १ सय ३० रुपैयाँ रहेको छ ।

यस्तै, तिते फापर खाद्य संस्थानले ९५ रुपैयाँ प्रतिकेजी सुपथ मूल्य पसलमा विक्री वितरण गरिरहेको छ । बाहिर खुद्रा पसलमा ८० रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको खाद्य संस्थाले जानकारी दिएको छ ।

अरुवा ब्राउन बासमति चामल प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । अरुवा मकवानपुर चामल ३९ रुपैयाँ प्रतिकेजी रहेको छ ।

खाद्य संस्थानले ४ हजार रुपैयाँमा इन्डक्सन चुलो पनि विक्रीका लागि सुपथ मूल्य पसलमा राखेको छ ।

यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिलिटर ५० रुपैयाँ छुट गरेको छ । सुपथ मूल्य पसलमा दुग्ध विकास संस्थानले घ्यू प्रतिलिटर ८ सय ५० रुपैयाँमा विक्री वितरणका लागि राखेको छ । बाहिर खुद्रा पसलमा यसको मूल्य ९ सय रुपैयाँ प्रतिलिटर रहेको छ ।

दुग्ध विकास संस्थानले पनिर ५ सय ग्राममा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । सुपथ मूल्य पसलमा ५ सय ग्राम पनिर ३ सय ५ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा ५ सय ग्राम पनिर ३ सय १५ रुपैयाँमा बिक्री हुने गरेको दुग्ध विकास संस्थानको भनाई छ ।

पनिर २ सय ग्राम सुपथ मूल्य पसलमा १ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा पनिर २ सय ग्रामको १ सय ३० रुपैयाँ पर्ने दुग्ध विकास संस्थानले जानकारी दिएको छ ।

याक चिज ५ सय ग्राममा दुग्ध विकास संस्थानले २० रुपैयाँ छुटको व्यवस्था गरेको छ । सुपथ मूल्य पसलमा याक चिज ५ सय ग्राम ८ सय रुपैयाँमा विक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा याक चिज ५ सय ग्रामको ८ सय २० रुपैयाँ पर्ने दुग्ध विकास संस्थानले जानकारी दिएको छ।

याक चिज २ सय ग्राममा दुग्ध विकास संस्थानले १० रुपैयाँ छुट दिएको छ । सुपथ मूल्य पसलमा याक चिज २ सय ग्राम ३ सय २० रुपैयाँमा बिक्री भइरहेको छ । बाहिर खुद्रा पसलमा याक चिज २ सय ग्राम ३ सय ३० रुपैयाँ रहेको छ ।

कन्चन चिज ५ सय ग्राममा २० रुपैयाँ छुटको व्यवस्था मिलाइएको छ । सुपथ मूल्य पसलमा कन्चन चिज ५ सय ग्रामको ५ सय रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा कन्चन चिज ५ सय ग्रामको ५ सय २० रुपैयाँ रहेको छ ।

कन्चन चिज २ सय ग्राममा १० रुपैयाँ छुटको व्यवस्था गरिएको दुग्ध विकास संस्थानले जानकारी दिएको छ ।

सुपथ मूल्य पसलमा कन्चन चिज २ सय ग्रामको २ सय रुपैयाँ रहेको छ । बाहिर खुद्रा पसलमा कन्चन चिज २ सय ग्रामको २ सय १० रुपैयाँ पर्ने दुग्ध विकास संस्थानले जानकारी दिएको छ ।

यस्तै, सुपथ मूल्य पसलमा सनफ्लावरको तेल २ लिटरको ४ सय २५ रुपैयाँ रहेको छ । ५ लिटरको तेलको बट्टालाई १ हजार ४५ रुपैयाँ रहेको छ ।

सुपथ मूल्य पसलमा तोरिको तेल १ सय ६७ रुपैयाँ प्रतिलिटर बिक्री भइरहेको छ ।

स्वेबीनको तेल १ सय ३७ रुपैयाँमा सुपथ मूल्य पसलमा विक्रीका लागि राखिएको छ ।


क्लिकमान्डु