एउटी चेलीको आवाज: के म सुरक्षित छु ?



के म सुरक्षित छु ? बिहानै आमाले घर नजिकै को पसलमा दूध लिन पठाउनु हुदा पसले साउजीले जिस्केर कति पोका नानी भन्दा के म सुरक्षित छु ?

बाटोमा हिड्दा खेरी केही पुरुषहरुले मलाइ देखेर कति च्वाँक भन्दा के म सुरक्षित छु ? साथीहरु ले आज राती सङ्गै बस्नु पर्छ है भन्दा के म सुरक्षीत छु ? एउटै कार्यलयमा काम गर्ने मेरो स्टाफले आज घर ढिलो जाउ न भन्दा के म सुरक्षित छु ? सार्वजनिक सवारी चढ्दा खेरी मेरो तिघ्रानीर कसैले छोएको जस्तो महसुस भयो भने के म सुरक्षीत छु ? कलेजमा पढाउने शिक्षकले बुझ्यो कि बुझेन भनेर मेरो ढाड पछाडि सुम्सुमाउन थाले भने के म सुरक्षित छु ?

अह म सुरक्षित छैन म कदापी सुरक्षित  छैन किनकी मेरो बाउ समान मामाले मेरो बलात्कार गरेका छन । रक्षाबन्धन मा जुन दाइले तेरो रक्षा गर्छु भनेर कसम खाए त्यो दाइ ले मलाई नराम्रो नजरले हेरेको छ ।

त्यो जेठाजु जस्लाइ म आफ्नो दाइ र बुवा जति कै मान दिन्छु त्यो जेठाजुले मलाई जबर्जस्ति गर्न खोज्यो तेसैले म सुरक्षीत छैन । हिजो सम्म मेरो एकदमै मिल्ने साथी आज मलाई नराम्रो नजर ले हेर्छ भने म सुरक्षीत छैन । त्यो काका जस्ले बुवा झै माया दिन खोज्यो र म बाट केही लिने प्रयास गर्न खोज्दै छ भने म कदापि सुरक्षित छैन ।

सरकार बरु मलाइ यो संसार नदेख्दै गर्भमै मारी दे म मेरि आमालाई बेइज्जत को सम्मान दिन चाह्दिन । मलाइ ठूलो ठूलो समाचारमा आउन मन छैन । न कुनै नारीहरु भोलीका दिन मा पम्प्लेट लिएर माइतीघर मण्डला मा बलात्कारि लाई फाँसी दे भन्दै सजाय मागेको हेर्न चाह्न्छु । सरकारले मलाई न्याय दिन सकेन ठुला ठुला पहुँचमा भएका हरु तेसै छुटे तर मेरो अस्मिता लुटियो ।

मेरो बलात्कार भयो भनेर आमा लाज सहन नसकी झुन्डेर मर्न त्यार हुन्छिन। बुवाले आफुले बनाएको इज्जत जान्छ भनेर बिष सेवन गर्न थाल्छन । मेरो अत्यन्तै मिल्ने साथी आफू पनि बलात्कारको शिकार भइन्छ भनेर म सङ्ग बोल्न छोडछिन। आफ्न्त जो कोहि पनि थिए तिनिहरु ले चिन्दैनौ भनेर मुन्टो बटारे ।

म पनि त कसैको छोरी हु । म कसैको श्रीमती हु । म कसैको बहिनी हु। म कसैको प्रेमिका हु । तर मेरो बलात्कार गर्नेलाई अलिकति पनि सरम लागेन मलाई करणी गरि राख्दा उस्ले आफ्नो जन्म दिने आमालाइ एक चोटि नि सम्झेन अह उस्ले म सङ्ग जबर्जस्ति गर्दा एकचोटी नि आफ्नो बहिनीलाइ याद गरेन । अह उस्ले मेरो घाँटी थिची दिदा आफ्नो प्राण भन्दा प्यारो लाग्ने आफ्नो प्रेमिकालाइ पनि सम्झेन ।

उस्ले सम्झ्यो त केबल आफ्नो यौन इच्छा पूरा हुने , उस्ले सम्झ्यो त केबल आफनो सन्तुष्टि । यी पीडा हरु सहन नसकेर म आफुलाइ झुन्डाउन खोज्छु र सदाको लागि लामो सास फेर्न चाह्न्छु । तर अह म त्यो पनि गर्न सक्दिन किनकि आज मैले आफ्नो हत्या आफै गरे भने भोलि त्यो बलात्कारिले म जस्तै मेरो बहिनीलाइ फेरि जबर्जस्ति गर्न सक्छ ।यदि म आफुलाइ पासो लगाए भने आमा पछि को दोस्रो आमा मानिने भाउजूलाई उ बाध्य पार्न सक्छ । यदि म चुप बसे भने म जस्ता हजारौ नारी हरु जो मानसिक रुपमा बलात्कार हुन्छिन ।

चार बर्से बालिका देखि साठी बर्से बृद्ध आमा बलात्कार भएको सुनिएको छ भने ए सरकार म त सङ्ग के कुराको आश राख्नु तेसैले म सुरक्षीत छैन यति हुदा सम्म नि सरकार र सम्बन्धित निकाय अझै मौन छ्न । एकरदुई दिन को सान्त्वना पछि यी कुराहरु सब हराउछ्न । यहाँ मेरो मात्रै होईन मेरो सारा परिवारको जीवन समाप्त भएको हुन्छ। सरकार यहाँ मेरो परिवारको मानसिक बलात्कार भएको छ ।

मलाइ न्याय दे सरकार । मेरो बलात्कार गर्नेलाई फाँसी को सजाय दे । फासीले बलात्कार रोकिएला भन्न त सक्दिन तर पक्कै पनि बलात्कार हुन कम हुन्छ अनि मात्रै मेरो बिजय हुनेछ नत्र हरेक दिन निर्मला र श्रीया जस्तै हजारौं नारीहरु शारीरिक र मानसिक रुपमा बलात्कारको सिकार भइरहन्छिन ।


क्लिकमान्डु