इकमर्स साइट च्वाइसमान्डू संचालनमा, नेपाली उत्पादन विदेशी बजारमा बेच्ने लक्ष्य




काठमाडौं । अनलाइनबाटै सामान बिक्रीका लागि च्वाइसमान्डूडटकम सुरु भएको छ । विदेशबाट उच्च शिक्षा अध्ययन गरी नेपालमै केही गरौं भन्ने वित्तविज्ञ र आईटी विज्ञ युवाहरू मिलेर च्वाइसमान्डू संचालनमा ल्याएका हुन् ।

बजारमा हाल रहेका इकमर्स साइटमध्ये च्वाइसमान्डूले आफूलाई फरक रूपमा ग्राहक र उपभोक्तालाई सेवा दिने संस्थाका अध्यक्ष सीए सफलकुमार वाग्लेले बताए ।

उनका अनुसार नेपाल आयातित उत्पादनको केन्द्र मात्रै बन्न नहुने भन्दै स्वदेशमै उत्पादित विभिन्न वस्तुलाई विदेशमा निर्यात गर्ने उद्देश्य राखेर च्वाइसमान्डू खोलिएको हो ।

‘नेपाली उत्पादनलाई विभिन्न माध्यमबाट देश बाहिर पु¥याउन राम्रो विकल्प च्वाइसमान्डू बन्न सक्छ,’ वाग्लेले भने ।

वाग्लेले देशभित्रका साथै अमेरिका, अस्टे«लिया, हङकङमा नेपालबाट विभिन्न सामान निर्यात गर्ने जानकारी पनि दिए । क्यासब्याक, रेफरल अफर, लोयल्टी पोइन्ट्स र गिफ्ट अफर जस्ता योजना लिएर चाँडै देशका प्रमुख सहरमा समेत सामान समयमै पु¥याउने लक्ष्य रहेको अध्यक्ष वाग्लेको भनाइ छ ।

च्वाइसमान्डूबाट सामान खरिद गर्ने ग्राहकलाई किस्ताबन्दीमा विभिन्न किसिमका सामान उपलब्ध हुने व्यवस्थापन प्रमुख प्रशान्त चौलागाईले बताए । च्वाइसमान्डूले रेफ्रिजेरेटर, कम्प्युटर, टेलिभिजन, विभिन्न कम्पनीका मोबाइल, ब्रान्डेड कपडाका साथै विद्युतीय सामान अनलाइन सेल्स गर्ने उनले बताए ।


क्लिकमान्डु