राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउने निर्णय गर्यो, अहिलेदेखि गर्नुहोस् तयारी



काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५५० संख्यामा जागिर खुलाउने निर्णय गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संचालक समितिले ५५० पदमा आवेदन माग्ने प्रस्तावलाई स्वीकृति दिएको जानकारी दिए ।

‘संचालक समितिले जागिर खुलाउने विषयमा स्वीकृति दिएको छ, हामीले लोकसेवामा पठाएका छौ,लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग्छ,’श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

राष्ट्रिय वाणिज्य बैंकमा पछिल्लो  तीनवर्षदेखि अवकासमा जाने कर्मचारी अत्याधिक छन् । जसले गर्दा बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

श्रेष्ठले मंसिरसम्ममा लोकसेवाले बैंकको लागि कर्मचारी संख्याको आवेदन गर्ने बताए । ‘हामीले कर्मचारी चाहिने स्वीकृति गरेर लोकसेवामा पठाएपछि बाँकी बाक लोकसेवाबाट हुन्छ,’श्रेष्ठले भने ।

तलब सुविधाको आधारले राष्ट्रिय वाणिज्य बैंकको जागिर निजामति सेवाको भन्दै निकै नै आकर्षण मानिन्छ ।

वाणिज्य बैंकले अर्कोवर्षदेखि ठूलो संख्यामा कर्मचारी आवेदन भने गर्ने छैन ।

नयाँ कर्मचारी भर्ना भएसँगै वाणिज्य बैंक निकै आधुनिक र नयाँ तरिकाले सेवा दिने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।


क्लिकमान्डु