तस्बीरमा यस्तो देखियो फर्निचर तथा फर्निसिङ एक्स्पो



असोज ४ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ’फर्नेक्स २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले छुटमा सामान उपलब्ध गराई रहेका छन् । जसका कारण एक्स्पोमा अवलोकनकर्ताको संख्या बाक्लो भएको हो ।

जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजना भैरहेको एक्स्पोमा सामान किन्नेहरुको पनि उत्तिकै भिड लागेको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सञ्चालित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरिरहेको छ ।

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागि भएको एक्स्पोको तीन दिनसम्ममा ३० हजार बढीले अवलोकन गरेका छन् । ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण भैरहेका छन् ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण बनेको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भिड लागेको एक्स्पोका संयोजक सुभेन्द्र जोशीले बताए ।


क्लिकमान्डु