उर्जामन्त्री पुन र हुनान प्रान्तका भाइस गर्भनरबीच जलविद्युतमा लगानी गर्नेबारे के के कुरा भो ?




काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चिनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे ।

उहाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान द्धिपक्षीय हितका धेरै सम्झौता भएको स्मरण गराउंदै उक्त भ्रमणमा भएका समझदारीहरु अघि बढिसकेको बताए ।

मन्त्री पुनले सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पुरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको धारणा राखे ।

नेकपाका नेता समेत रहनुभएका मन्त्री पुनले पछिल्लो समय चिनिया लगानीकर्ताहरु नेपालमा आकर्षीत भएको भन्दै थप लगानीको वातावरण बनाईदिन भाइस गर्भनर बाओसिङसंग आग्रह गरे ।

‘हामीलाई १० बर्षमा देशभित्रै १० हजार मेगावाट जति विजुली आवश्यक पर्छ,क्षेत्रीय बजारका रुपमा हामीसंग अव बङगलादेश र भारत पनि हुन्छ,तपाईहरुले निर्धक्क भएर लगानी गर्नुहोस् ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले भारत र बङगलादेशसंग इनर्जी कोअपरेसनमा समझदारी भइसकेको भन्दै त्यसले बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे ।

भेटमा भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा उर्जा प्रविधीको लागी निकै चर्चीत रहेको भन्दै नेपालमा सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताए । उनले चीनले अघि सारेको वान वेल्ट वान रोडमा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे ।

भाइस गर्भनर बाओसिङले हुनान प्रान्तले हाल ४३ हजार मेगावाट विजुली उत्पादन गरिरहेको जानकारी दिंदै नेपालको कृर्षी र उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए ।


क्लिकमान्डु