लोकमान्य गोल्छा, देवी भट्टचन, हेमराज ढकाल, हरिभक्त र अशोक शेरचनसहित ११ व्यवसायी सम्मानित



काठमाडौं । सरकारले ११ व्यवसायीलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले विभिन्न पदकबाट व्यवसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, गोल्छा अर्गनाइजेशनका लोकमान्य गोल्छा, प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन, आइएमइ समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सम्मानित भएका छन् ।

त्यसैगरी व्यवसायीहरु राजेन्द्र मल्ल, अभिषेक बिक्रम शाह, निरु पुलामी, अमरमान जोशी र अजरमान जोशी रहेका छन् ।
यी मध्ये हरिभक्त, हेमराज,देवीप्रकाश, मिनबहादुर, लोमान्य, राजेन्द्र गरी ६ जनालाई सुप्रबल जनसेवा श्रीे तेस्रो श्रेणीले सम्मानित गरिएको हो ।

यस्तै अशोक, अभिषेक, निरु, अमरमान र अजरमान गरी ५ जनालाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पुरष्कारबाट सम्मान गरिएको हो ।

सरकारले प्रदान गरेको उक्त पदक र सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्दैछिन् ।


पुष्प दुलाल