नेपालमा धेरै बिक्री हुने यी १४ ब्राण्डका कार, कसको मूल्य कति ? (मूल्य सुचीसहित)




काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि कार मेला (नाडा अटो शो) चलिरहेको छ । ६ दिनसम्म चल्ने यो मेलाले दशै आएको संकेत पनि गर्छ । किनभने दशै आउने बेलामा प्रत्येक बर्ष नै यस्तो मेला आयोजना हुने परम्परा जस्तै हुन लागेको छ ।

नेपालमा अहिले खासगरी १३ ब्राण्डका कारको बिक्री उच्च छ । यी मध्ये कुनै गाडीको बजार हिस्सा बढी छ भने कुनैको कम ।

उपभोक्ताको रोजाई, उपयोगको औचित्य तथा आर्थिक अबस्था जस्ता कारणले कार छनोटलाई प्रभाव पार्ने गरेको छ ।

यहाँ हामीले हुन्डाई, किया, रेनोल्ट, मारुती, सुजुकी, फियट, भक्सवागन, टोयोटा, टाटा, होन्डा, फोर्ड, निसान, ड्याटसन र स्कोडा गरी १४ कम्पनीका गाडीको नेपाली बजारमा पर्ने मूल्यका बारेमा जानकारी दिदैछौं ।

हामीले यहाँ उल्लेख गरेका ४ पांग्रे कारको मूल्य र स्पेसिफिकेसन हो ।

हुन्डाई


हुन्डाइका १६१४ सीसीदेखि १९९९ सीसीसम्मका गाडी नेपाली बजारमा उपलब्ध छन् । यी गाडीको मूल्य १६ लाख ९८ हजार रुपैयाँदेखि १ करोड ४ लाख ९८ हजार रुपैयाँसम्म पर्ने गरेको ब्यवसायीले जानकारी दिएका छन् ।

फोर्ड


फोर्ड कम्पनीका विभिन्न ब्राण्डका गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यी गाडीको मूल्य २६ लाख ९९ हजार रुपैयाँदेखि ७७ लाख ५० हजार रुपैयाँसम्ममा बजारमा उपलब्ध छन् ।

रेनोल्ट


यो ब्राण्डका ९९९ सीसीदेखि १४९८ सीसीसम्मको इन्जिन क्षमताका गाडी नेपाली बजारमा उपलब्ध छन् । यी गाडीको मूल्य २१ लाख ९६ हजार रुपैयाँदेखि ६४ लाख ८९ हजार रुपैयाँसम्मका छन् ।

ड्याटसन र निसान


ड्याटसन ब्राण्डका गाडी ७९९ सीसी इन्जिन क्षमतादेखि ११९८ सीसीसम्मका गाडी नेपाली बजारमा छन् । यी गाडीको मूल्य १५ लाख २५ हजार रुपैयाँदेखि २७ लाख ४९ हजार रुपैयाँसम्म तोकिएको छ ।

यस्तै निसान ब्राण्डका ११९८ सीसीदेखि २४८८ सीसीसम्मको इन्जिन क्षमताका गाडी नेपाली बजारमा छन् । यी गाडीको मूल्य २६ लाख १० हजार रुपैयाँदेखि १ करोड २५ लाख ६९ हजार रुपैयाँसम्मका उपलब्ध छन् ।

भक्सवागन


यो ब्राण्डका ९९९ सीसी इन्जिन क्षमतादेखि १९८४ सीसीसम्मको क्षमताका गाडी नेपाल बजारमा उपलब्ध छन् । यस्ता गाडीको मूल्य २६ लाख ९५ हजार रुपैयाँदेखि १ करोड ४७ लाख रुपैयाँसम्ममा किन्न पाइने ब्यापारीहरुले जानकारी दिउका छन् ।

टोयोटा


यो ब्राण्डका गाडी ११९७ सीसी इन्जिन क्षमतादेखि ४४६१ सीसीसम्मको इन्जिन क्षमताका छन् । यस्ता गाडीको मूल्य ३२ लाख रुपैयाँदेखि ४ करोड ८ लाख रुपैयाँसम्म पर्छ ।

होण्डा


यो ब्राण्डका ११९८ सीसीदेखि १९९७ सीसीसम्म इन्जिन क्षमताका गाडी छन् । यी गाडीको मूल्य २७ लाख ५० हजार रुपैयाँदेखि १ करोड ७ लाख ७५ हजार रुपैयाँसम्म पर्छ ।

किया


यो ब्राण्डका पनि विभिन्न मोडलहरु नेपाली बजारमा आइपुगेका छन् । यी गाडीको मूल्य २४ लाख ९९ हजार रुपैयाँदेखि १ करोड १९ लाख ५० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

मारुती सुजुकी


यो ब्राण्डका पनि विभिन्न प्रकारका गाडी नेपाली बजारमा पाइन्छन् । मारुती सुजुकी ब्राण्डका गाडीको मूल्य १६ लाख ३९ हजार रुपैयाँदेखि ४२ लाख २९ हजार रुपैयाँसम्म पर्छ ।

टाटा


यो ब्राण्डका ११९९ सीसीदेखि २९६५ सीसीसम्म इन्जिन क्षमताका गाडी नेपाली बजारमा उपलब्ध छन् । यी गाडीको मूल्य २४ लाख ९५ हजार रुपैयाँदेखि ९१ लाख ५५ हजार रुपैयाँसम्म पर्नेछ ।

स्कोडा


नेपाली बजारमा स्कोडा ब्राण्डका गाडी पनि उपलब्ध छन् । यो ब्राण्डका विभिन्न गाडीहरुको मूल्य ३८ लाख ४५ हजार रुपैयाँदेखि १ करोड ४९ लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

फियट


यो ब्राण्डका गाडीको मूल्य २३ लाख ८९ हजार रुपैयाँदेखि ३९ लाख ९५ हजार रुपैयाँसम्ममा नेपाली बजारमा उपलब्ध छन् ।


क्लिकमाण्डू