जसलाई जे राम्रो लाग्छ, त्यही बोल्दै हिँड्ने अर्थमन्त्री होइन मः युवराज खतिवडाको बिचार



पहिलो कुरा यहाँ उठाउनु भएको विषयहरुलाई म सोझै सम्बोधन गर्न चाहन्छु । हामी व्यापार घाटाको पनि चिन्ता गरिरहने, आयात प्रतिस्थापन गर्नुपर्छ र कतिपय वस्तुहरुमा मुलुक आत्मनिर्भर हुनुपर्छ भन्ने चिन्ता पनि व्यक्त गरिरहने । ऋण लिएर होइन कमाएर उपभोग गर्नुपर्छ पनि भनिरहने अथवा मुलुक आत्मनिर्भर र स्वाभलम्बी बन्नुपर्छ पनि भनिरहने । अनि बाँकी अटो मोवाइलसम्बन्धी सबै गुनासो पनि राखिरहने । यसको बीचमा कहीँ तालमेल खोज्नुपर्छ ।

अघि नाडाको मित्रले प्रत्येक वर्ष गाडी फेर्न मन लाग्छ भन्नुभयो । उहाँहरुलाई रहर नलागे त गाडीको व्यवसाय नै चल्दैन । तर, मैले उहाँलाई के भनेको थिएँ भने ऋण लिएर होइन, कमाएर गाडी चढ्नुहोस् । ऋण तिर्ने क्षमता विकास नभइकन गाडी नकिन्नुहोस् भन्या हुँ मैले । क्रेडिट कार्डको अर्थशास्त्र कसरी कोल्याप्स भयो भनेर हामीले २००७/८ को विश्व अर्थतन्त्र हेर्यो भने पुगिहाल्छ नि । हामीले त्यो अनुभवबाट पनि त सिक्नुपर्यो ।

। अब जहाँ जसलाई जे राम्रो लाग्छ त्यही बोल्दिने अर्थमन्त्री भयो भने त के रमाइलो होला र ? यसो माहोल हेर्यो केही कुरा बोल्दियो । भोलिपल्ट अर्कै बोल्यो, पर्सि अर्कै बोल्यो । संभवत मेरो जिबनमा म त्यस्तो बोल्दै बोल्दिन ।

तर आर्थिकरुपमा हामी सबल हुँदै जाँदा, मुलुक आधुनिकिकरण हुँदै जाँदा, जिबनशैली आधुनिक हुँदै जाँदा, हाम्रो आर्जन गर्ने क्षमता बढ्दैजाँदा हामीले उपभायेगलाई अघि नबढाइकन त आर्थिक वृद्धि हुँदैन । तर, त्यो उपभोग हाम्रो आम्दानीमा आधारित हुनुपर्यो, हाम्रो क्षमतामा आधारित हुनुपर्यो । ऋणमा आधारित उपभोगले हामीलाई दीर्घकालसम्म विकास दिँदैन । यो कुरो मैले भन्नै पर्नेहुन्छ ।

दोस्रो कुरा, हामीले अटो मोवाइल्स क्षेत्रमा अलि बढी नै कर लगाएका छौं । यो भन्सारको मात्रै कुरा पनि होइन । हामीले काउन्टर भ्यालुको ड्युटी पनि लगाएका छौं । अन्तर्राष्ट्रिय व्यापारको मान्यता अनुरुप हामीले यस्ता ड्युटीहरुलाई मिलान गर्दै लैजानुपर्ने हुन्छ । त्यो गर्नेवित्तिकै हाम्रो राजस्वको १५ प्रतिशत अटो क्षेत्रबाट आउँछ । अनि अटोमोवाइलको आयातमा ड्युटी घटाउने अनि सडकचाहीँ जति अटोमोवाइल्सको संख्या बढ्छ त्यति नै मात्रामा सडक विस्तार गर्दै जानुपर्ने । अघि मैले भनिहालेँ ऋण लिएर धेरै काम गर्नुपर्ने नभई हाम्रो आम्दानीले काम गर्नुपर्ने भन्ने मेरो सिद्धान्तलाई फेरि त्यसले युक्तिसंगत बनाउँदैन ।

सडक बढाउनका लागि राजस्व चाहियो । राजस्वका लागि अहिले हाम्रो भन्सारमा आधारित राजस्व प्रणाली हो । विस्तारै भन्सारमा भन्सारमा आधारित राजस्व प्रणालीलाई आन्तरिक उत्पादनमा आधारित बनाउँदै लैजानु छ । तर, आन्तरिक उत्पादनमा अलिकति पनि करको कुरा गर्दाखेरी क्षमताका प्रश्न आए, संरक्षणका कुराहरु आए, बाल्यअवस्थाका उद्योगहरुलाई यतिधेरै किन भन्ने विषय आउँछ । अनि राज्यले कर पनि नउठाउने, विकास पनि धेरै गर्नुपर्ने, सडकको विस्तार पनि गर्नुपर्ने । अनि धेरै ऋण लियो भने त्यो ऋण तिर्नलाई क्षमता नपुग्ने भन्ने कुरा त मेरो सिद्धान्त नै भयो । यी असंभव कुराहरुको बीचबाट हामीले संभाव्य सोलुसनहरु निकाल्नुपर्छ । अब जहाँ जसलाई जे राम्रो लाग्छ त्यही बोल्दिने अर्थमन्त्री भयो भने त के रमाइलो होला र ? यसो माहोल हेर्यो केही कुरा बोल्दियो । भोलिपल्ट अर्कै बोल्यो, पर्सि अर्कै बोल्यो । संभवत मेरो जिबनमा म त्यस्तो बोल्दै बोल्दिन ।

हामीले व्यापारमा आधारित अर्थतन्त्रलाई आन्तरिक उद्योगमा आधारित अर्थतन्त्र बनाउनका लागि पनि हामीले केही प्रयास गरेका छौं । कामहरु शुरु भइसकेका छन् । त्यसैले हामीले तपाईंहरुसँग केही समय मागेका छौं ।

हामले काम गरिरहँदा तत्काल केही नतिजाहरु नआउन पनि सक्छन् । किनभने सुधार भने त्यति सजिलो छैन । बोलेर सुधार हुने भए त बोलिरहिथ्यो होला । तर, गरेर सुधार गर्नुपर्ने कुरा छ । संरचनात्मक समस्याहरु छन्, त्यसलाई हल गर्नुपर्ने छ । हामीले बजेट कार्यान्वयन शुरु गरेको २ महिना पनि भर्खर मात्रै पुग्न लागेको छ । त्यसो हुनाले अहिले हामीले रिजल्ट खोज्नका लागि केही समय पर्खिनै पर्नेहुन्छ । हामीले कृत्रिमरुपले देखाइएका उपलब्धिहरु भोलि बेलुन फुलेझैं फुट्न सक्छन् । दरिलो आधार भएको बाटोहरुमा हामी हिँडेका छौं ।

मेरो अनुरोध के छ भने तपाईहरुले सरकारलाई पर्ख र हेरकै अवस्थामा राखिदिनुहोस् । राम्रो गर्यो भने राम्रो गर्यो भनिरहनु जरुरी छैन । तर, सरकारले ६ महिनामै केही गरेन भनिरहँदा यतिलामो समयसम्म योभन्दा अगाडि नभएका कुराहरु २०औं/३०औं वर्षसम्म भएका आर्थिक विकृतिहरु, हामीलाई आर्थिकरुपमा अनुशासनहिन र अनियमितताको अवस्थामामा पुर्याइएको अवस्थाबाट हामीले सुधारका कामहरु अघि बढाइरहँदा खेरी ६ महिनामै सबै करेक्सन भइसक्छ भन्ने तपाईंहरुको सदायसताका लागि म धन्यबाद दिन्छु । तर, त्यो ब्यवहारिक थिएन । अब हामीलाई तपाईंहरुले सुझाब पनि दिँदै जानुहोस् । हामी गर्दै पनि जान्छौं । यो सहकार्यको बेला हो । अर्को कसैलाई दोष दिएर आफ्ना कमजोरीहरु पनि लुकाउनु हुँदैन हामीले । सरकार यसमा सचेत छ ।

हामी आन्तरिकरुपमा राजस्वको आधार कमसेमकम दुईतिहाइ राजस्व आन्तरिक उत्पादनबाट उठ्ने स्थिति भएपछि भन्सारमा हामी बिचार गर्छौं ।

निजी क्षेत्रसँग सहयोगको वातावरण पनि हामीले बनाउने हो । त्यसमा तपाईंहरु आइदिनुपर्छ हामी सहकार्य गर्न तयार छौं । त्यसमा तपाईंहरुको पनि तयारीको उच्च अपेक्षा रहन्छ । लगानीसम्बन्धी कानून तर्जुमाको अन्तिम चरणमा पुगेको छ । हामी अरु कतिपय कानूनहरुलाई निजी क्षेत्रमैत्री बनाउँदैछौं । हामीले बैंकिङ क्षेत्रको तरलतालाई समाधान गर्नेतर्फ धेरै प्रयासहरु गरेका छौं । बैंकहरुले विदेशबाट पनि ऋण लिएर बजारमा तरलता प्रवाह गर्ने वातावरण बनेको छ । ब्याजदरमा क्रमिकरुपमा सुधार होला, तरलतामा सुधार भएसँगै । त्यसअनुसार बजारमा पुँजीको उपलब्धता पनि होला । त्यहीअनुसार अटो इन्ड्रस्टीले पनि ऋण पाउने अवस्था सहज होला ।

तर, हामीले एउटा कुरा के बुझ्नुपर्छ भने जब विकासको, आर्थिक वृद्धिको एउटा चरणमा हामी प्रवेस गर्छौं, हामीलाई अत्यन्तै धेरै स्रोतको माग हुन्छ । त्यो मानेमा बैंकको ऋणको पनि माग हुन्छ । त्यो ऋणको माग पूरा गर्नलाई बैंकिङ प्रणालीले थप साधन परिचालन गर्नुपर्ने हुन्छ । त्यो गर्ने भनेको आन्तरिकरुपमा बचत नै हो । त्यो भनेको आन्तरिकरुपमा राजस्व बढाउने पनि कुरा हो । त्यसो हुनाले बचत बढाउने र वित्तीय प्रणलीमा तरलता बढाउन कुनै कम्प्रमाइज गर्न सकिँदैन । अटो डिलर साथीहरुसँग मेरो १÷२ वटा अनुरोध के हो भने हामी आयात प्रतिस्थापन भन्दैछौं भने ।

एसेम्ब्लिङको कुरा आएको छ, वातावरणमैत्री सवारीसाधनको कुरा आएको छ, आम सार्वजानिक यातायातका साधनको प्रयोगलाई बढी जोड दिऔं भन्ने कुराहरु आएका छन् । यसमा सरकारको प्राथमिकता छ । हामीले एसेम्ब्लिङ इन्ड्रस्टीका लागि, विद्युतीय सवारीसाधनका लागि अथवा ठूला सार्वजानिक सवारीसाधनका लागि अलिकति बढी प्राथमिकता दिएका छौं । त्यसमा तपाईंहरुको सहयोग र सहकार्यको अपेक्षा गरेका छौं । तपाईहरु आउनुहोस् यसमा सहकार्य गरेर अघि बढौं ।

स्पेयर पार्टस् उत्पादनमा सरकार संरक्षण दिन तयार छ । गोरखाली टायर उद्योग सञ्चालन गर्न चाहनुहुन्छ भने आउनुहोस् भनेर हामी आह्वान नै गर्न सक्छौं । यस्ता अरु कतिपय कुराहरु पनि छन् । हामी त्यो संरक्षण बढी गर्छौं । चोरी पैठारी नियन्त्रण गर्छौं । डब्लुटीओ, साफ्टा र बिमिस्टेकका प्रावधानहरुलाई पनि हामीले क्रमश सम्बोधन गर्दै जाने हो । र, हामीले सन्तुलित भन्सार नीतिमै पुग्ने हो । त्यो पुगुञ्जेल हामीलाई आन्तरिक क्षमता बढाउनका लागि अलिकति समय दिनुहोस् ।

हामी आन्तरिकरुपमा राजस्वको आधार कमसेमकम दुईतिहाइ राजस्व आन्तरिक उत्पादनबाट उठ्ने स्थिति भएपछि भन्सारमा हामी बिचार गर्छौं । होइन भने अहिले भन्सार, भन्सारमा आधारित भ्याट, आयात हुने वस्तुको नाफामा लाग्ने आयकरसमेत जोड्दा ५५ देखि ६० प्रतिशत आम्दानीको स्रोत ब्यापारमा आधारित छ । त्यसो हुनालो यसलाई हामीले व्यापारमा आधारित अर्थतन्त्रलाई आन्तरिक उद्योगमा आधारित अर्थतन्त्र बनाउनका लागि पनि हामीले केही प्रयास गरेका छौं । कामहरु शुरु भइसकेका छन् । त्यसैले हामीले तपाईंहरुसँग केही समय मागेका छौं ।

(नाडा अटो शो २०१८ मा अर्थमन्त्री खतिवडाले दिएको बक्तब्यको सम्पादित अंश)


पुष्प दुलाल