काठमाडौं आइपुग्यो सलाम एयर, १६ हजारमै ओमन जान पाइने, १० पटक यात्रा गर्दा एउटा टिकट सित्तैमा



काठमाडौं । ओमनको १७४ सिट क्षमता भएको सलाम एयर काठमाडौंमा अवतरण भएको छ । मंगलबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भएको हो ।

सेवा व्यवसायमा स्थापित व्यावसायिक घराना आइएमइ समूहले सलालम एयरलाई नेपाल भित्र्याएको हो । सस्तो मूल्यमै सेवा दिने उदेश्यले आइएमइ समूहले बजेट एयरलाइन्स भित्र्याएको हो ।

यात्रुहरुले अब १६ हजार रुपैयाँ भाडा तिरेर ओमन जान–आउन सक्नेछन् । सलाम एयरको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा आइएमइ समूहले एयरलाइन्स बिजनेशमा पनि हात हालेको हो ।

यो एयरलाइन्सले अबदेखि नियमितरुपमा बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

आइएमइ समूहद्धारा प्रवद्र्धित आइएमइ इन्टरनेशनल ट्राभल प्रालिले सलाम एयरको जनरल सेल्स एजेन्टको जिम्मा लिएको हो ।अवतरण भएको नयाँ जहाजलाई स्वागत गर्दै आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान-आउन पाइने बताए ।

‘ओमनमा हाम्रा धेरै नेपाली दाजुभाई/दिदीबहिनीहरु रोजगारीका लागि जाने गर्नुभएको छ, उहाँहरुले अब सस्तो मूल्यमै जहाज चढ्न पाउनु हुने भएको छ,’ अध्यक्ष ढकालले भने ।

सलाम एयरका जहाजले अब दैनिक काठमाडौं-मस्कट नियमित उडान भर्नेछ । ओमनको पहिलो बजेट क्यारियरको रुपमा २०१७ जनवरीदेखि व्यावसायिक यात्रा शुरु गरेको ओमन एयरले मस्कटलाई हब बनाइ १७४ सिट क्षमता भएको एयरबस ३२० जहाजद्ध्वा विभिन्न १५ स्थानमा उडान भर्दै आएको छ । काठमाडौं उडान भरिएसँगै सलाम एयरले १६ ठाउँमा उठान भर्न थालेको छ ।

सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौंमा उठान भर्नेछ ।

सलाम एयरले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाइ भाडाा निर्धारण गरिएको छ ।

सलाम एयरबाट मंगलबार यात्रा गर्ने यात्रुहरुले चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउने र त्यसपछिका दिनमा २५ प्रतिशत छुट पाउने जनजसम्पर्क मामिला प्रमुख राजु पौडेलले जानकारी दिए । यस्तो सुविधा लिनका लागि चन्द्रागिरि केवलकारको काउन्टरमा गएर बोडिङ पास दिनुपर्नेछ ।

आइएमइ रेमिट्यान्स स्थापित कम्पनी हो । रेमिटयान्समार्फत् आइएमइ समूह बैदेशिक रोजगारीमा रहेकामध्ये अधिकांससँग जोडिएको छ । यसरी बैदेशिक रोजगारीमा जाने आउनेलाई लक्षित गर्दै आइएमइले बजेट एयरलाइन्स भित्र्याएको हो ।

एयर एशियाको जीएसए बन्द भएको अवस्थामा आइएमइ समूहले सलाम एयरको बजेट एयरलाइन्स भत्र्यिाएको हो । यसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउन जुन लक्ष्य छ, त्यो लक्ष्य भेट्टाउन मद्दत गर्ने आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

सलाम एरका क्याप्टेन तथा सीइओ मोहम्मतले नेपालमा उडान भर्न पाउँदा खुसी लागेको बताए । ओमन र नेपाल उस्तै देश भएको र पूरानो सम्बन्ध भएको मित्र देश भएको उल्लेख गर्दै उनले सो मित्रतालाई हवाइ उड्डयन मार्फत पनि जोडिएकोमा खुसी ब्यक्त गरे ।


पुष्प दुलाल