साफकप २०१८ को प्रत्यक्ष प्रशारण एक्शन स्पोर्ट्स एच डि मा



नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्सले देश भित्र र देश बाहिर भयका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ ।

भर्खरै सम्पन्न भयको फिफा बिश्वकपलाइ समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाइ पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

दक्षिण एशियाका ७ रास्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भइ भाद्र ३० सम्म चल्नेछ, प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१मा एच डि पिकचार क्वालिटिमा हेर्न सकिने छ ।

आफ्ना ग्राहकहरुको बिश्वाश र रुचिअनुसार भविष्यमापनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ। एच डि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको कुरा पनि कम्पनीले जनाएको छ ।


क्लिकमान्डु