एनआईबिएल एस क्यापिटल गणपतिको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त



काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रति शेयर १ सय अंकित दरको ३, लाख कित्ताको शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.को अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुने प्रेस विज्ञप्ति मार्फत जनाएको ।


क्लिकमान्डु