सिटिजन्सद्वारा हुम्लामा एटिएम सेवा सञ्चालन



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हुम्ला जिल्लामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

एटिएम सेवाबाट हुम्ला जिल्ला तथा वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीनलाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु