स्वरोजगार लघुवित्तमा नयाँ सिइओ नियुक्त
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थामा नयाँ सिइओ नियुक्त भएका छन् । भदौ २० गते बसेको बित्तीय संस्थाको संचालक समितिको बैठकले मनोजकृष्ण उप्रेतीलाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो ।
संस्थामा नायब कार्यकारी प्रमुख रहेका उप्रेतीलाई भदौ ५ गतेदेखि पुस ४ गतेसम्म प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव तोकी सो पदको सम्पूर्ण अधिकार दिइने निर्णय गरेको छ ।
सोही बैठकले बाहालवाला प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव उदयराज खतिवडाले असोज ४ गतेबाट लागु हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको संस्थाले जनाएको छ ।