मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.(जिआईसि नेपाल) बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैंक तथा इन्स्योरेन्स बीच बुधवार आयोजित एक कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराजश्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।


क्लिकमान्डु