जनकपुर र गोलबजारमा ज्योति विकास बैंकले खोल्यो शाखा




काठमाण्डौ । ज्योति विकास बैंक लि.ले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथि जनकपुर उप—महानगरपालिकाका मेयर लालकिशोर साह र नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्व प्रसाद अधिकारीबाट संयुक्त रुपमा उद्घाटन भयो ।

यता, सिरहा गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अतिथि गोलबजार नगरपालिकाका मेयर देबनाथ साह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन भएको हो ।


क्लिकमान्डु