रियल टाइममा खाता खोल्न मिल्ने शाखा रहित बैंकिङ सेवा




काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्डपनि तुरुन्त उपलब्ध गराएको छ ।


क्लिकमान्डु