मुख्यमन्त्री पौडेल भन्छन्- भौतिक विकाससँगै जनताको विकास हुनुपर्छ



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको शिक्षा, स्वास्थ्य, खाने, लाउने र बस्ने व्यवस्था पहिलो प्राथामिकता भएको बताएका छन् ।

मानव सेवा आश्रमद्वारा हेटौंडामा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशको समग्र विकासका लागि भौतिक विकाससंगै जनताको पनि बिकास हुनुपर्ने बताए ।

३ नम्बर प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने बताए । उनले भने–‘प्रदेश सरकारले यस विषयमा योजना बनाईरहेको छ ।’ मानब सेवा आश्रमले राज्यले गर्ने काम गरेको भन्दै अब राज्यले आश्रमलाई थप सहयोग गर्ने बताए ,।

विगतमा सडक मानवका विषयमा कुरा उठेपनि व्यवस्थापनमा कसैको ध्यान नगएको उनको भनाई थियो । प्रदेशका १३ वटा जिल्लालाई मानवताको शहर बनाउन सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।

मानव सेवा आश्रमले यस्तो गहन जिम्मेवारी बहन गरिरहेकोले प्रदेश सरकारले पनि योजना अगाडि सारेको बताए । कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले २०७६ सालसम्ममा नै सडक मानबमुक्त शहर बनाउने उद्घोष समेत गरे ।

कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा, हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह, हेटौंडा उपमहानगरपालिकाका गंगा चौलागाई लगायत सहभागी रहेका थिए ।


क्लिकमान्डु