एनआइसी एसिया र गुराँस लाईफबीच बैंकास्योरेन्स सम्झौता



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु