महालक्ष्मी विकास बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा छुट पाउने
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ब्लु क्रस अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक\सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले संझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
बैंकले आफ्ना संस्थापक\सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ ।