नेकपा संसदीय दलमा छलफल- संघीय र प्रदेश सरकारबीचको सम्बन्ध कसरी मजबुत बनाउने ?

105
Shares

हेटौंडा । नेपाल कम्युनिट पार्टी(नेकपा) को ३ नम्बर प्रदेशको संसदीय दलको बैठक मंगलबार हेटौंडामा बसेको छ ।

बैठकमा बोल्दै संसदीय दलका नेता एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालीन योजना लिएर अगाडि बढिसकेको बताए ।

योजनाहरु सम्पन्न गराउन सबैले सहकार्य गर्न जरुरी रहेको उनले बताए । हाल प्रदेश सभाबाट १७ वटा विधेयक पास भईसकेको बताउँदै उनले भने– प्रदेश सरकारको काम सन्तोषजनक ढंगले अगाडि बढिरहेको छ ।

बैठकमा संसदीय, पार्टी र सरकारका कामहरुका विषयमा पनि छलफल भएको सांसद रामेश्वर फुयालले जानकारी दिए । यसैगरी संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध कसरी मजबुत पार्ने भन्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

३ नम्बर प्रदेशलाई हरित प्रदेश, फलफूल बर्षका रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भयो ।

बैठकमा सांसदहरु शशीजंग थापा, प्रदीप कटुवाल, केशबराज पाण्डे, कञ्चन खनाल, आशामाया तामाङ, रमा आले, बेलीमाया घले, शान्तीराम पौडेल, प्रेमबहादुर पुलामी, हिमाली गोले, सरस्वती बस्नेत, लेखनाथ दाहाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, बद्रि मैनालीलगायतले बजेट कार्यान्वयन सम्बन्धी कार्यविधि सम्पन्न गरी छिटो भन्दा छिटो कार्यान्वयनको दिशामा अगाडि बढाउन आग्रह गरेका थिए ।

Skip This