शाखारहित बैंकिङ सेवालाई आधुनिकिकरण गर्दै एभरेष्ट बैंक, ५ जिल्लामा डिभाइस बितरण



काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखारहित बैंकिङ्ग सेवालाई आधुनिकिकरण गर्न डिभाइस बितरण गरेको छ ।

युके एडको सक्षम परियोजना संगको सहकार्यमा सुदुरपश्चिम क्षेत्रका कैलाली, कन्चनपुर, डोटी, बाजुरा र बझाङ्गमा डिभाइस बितरण गरेको हो ।

आफ्ना १३ वटा ब्यबसायिक प्रतिनिधिहरुलाई इन्टरग्राटेड ट्याब डिभाइस बितरण गरेको बैंकले जनाएको छ ।

उक्त उपकरण मार्फत बैंकिङ्ग सुबिधाबाट वन्चित ग्रामीण क्षेत्रमा बसोबास गर्ने ग्राहकहरुले एभरेष्ट बैंक लिमिटेडका ब्यबसायिक प्रतिनिधिहरु मार्फत बैंकमा खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने आदी सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।

शाखारहित बैंकिङ्ग सेवालाई अझै आधुनिक बनाउने र अन्य पहाडी जिल्लाहरुमा समेत यसलाई बिस्तार गर्दै लैजाने कुरा एभरेष्ट बैंक लिमिटेड, शाखारहित बैंकिङ्ग बिभागका प्रमुख निरन्जन कार्कीले बताए ।


क्लिकमान्डु