बिम्स्टेक सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने :गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत छ



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत छ भन्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको उद्घाटन गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकमा भएका देशहरुको प्रमुख चुनौती गरीबी निवारण भएको र यसमा सबै देशले योजना बनाएर लाग्नुपर्ने बताए ।

अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।

उनले बिम्स्टेक देशमा विश्वको जनसंख्याको २२ प्रतिशत बसोबास रहेको भन्दै यसले दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोड्ने बताए ।

‘हाम्रा समस्या हरु साझा छन्,हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको समस्या सिर्जना भएको छ,’प्रधानमन्त्रीस् ओलीले भने ।

व्यापार अर्थतन्त्रको इन्जिन भएपनि बिम्स्टेक देशहरुबीच व्यापार नबढेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई बढाउनको लागि लगानी र व्यापारमा जोड दिनुपर्ने बताए ।


क्लिकमान्डु