विश्व कला परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन शुरु, स्वदेशी तथा विदेशी हस्तकला प्रदर्शनी



काठमाडौं । नेपालमै पहिलो पटक विश्व कला परिषद् एसिया क्षेत्रको ३७ औँ अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । शनिबारसम्म चल्ने सम्मेलनको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् ।

उद्घाटनको क्रममा उनले प्रदेश नम्बर ३ का सबै जिल्लामा हस्तकला पुर्याउने बताए । उनले नेपाल कला र संस्कृतिको धनी मुलुक भएको भन्दै अब प्रदेश नम्बर ३ का १३ वटै जिल्लासम्म हस्तकला पुराउने बताएका हुन् ।

उनले हस्तकलाको प्रवद्र्धन गर्न सरकारपछि परेको उल्लेख गर्दै आगामी दिनमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

सम्मेलनमा विभिन्न स्वदेशी तथा विदेशी मुलुकका हस्तकलाहरु प्रदर्शनीमा राखिएका छन् । ४५ देशका १ सय भन्दा बढी विदेशी प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनमा कुबेल, बंगलादेश, काजकस्तान, ओमन, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इन्डोनेसिया, थाइल्याण्ड, चीन र भारत लगायतका देशहरुका हस्तकला प्रदर्शनीका लागि राखिएका छन् ।

नेपाल हस्तकला महासंघको संयोजनमा भएको सम्मेलनमा हस्तकला प्रवद्र्धनका सम्बन्धी तालिम गोष्ठी र प्रशिक्षण समेत गरिने नेपाल हस्तकला महासंघका उपाध्यक्ष प्रचन्ड शाक्यले जानकारी दिए ।

सम्मेलनमा सहभागी विभिन्न मुलुकबाट आएका विदेशी पाहुनाहरुलाई नेपालका कला तथा साँस्कृतिक स्थानहरुमा अवलोकन गराउने कार्यक्रमपनि रहेको शाक्यले बताए ।

उनले भोलि सम्मेलनमा सहभागि हुन आएका पाहुनाहरुलाई पाटन अवलोकनका लागि लाने योजना रहेको बताए ।

सम्मेलनले ललितपुर महानगरपालिलाई सांस्कृतिक नगर घोषणा गर्ने कार्यक्रम रहेको साक्यले बताए । सम्मेलनमा ३ सयभनदा बढीले सहभागिता जनाउने अपेक्षा राखिएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपाल, काठमाण्डौ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन लगायतका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।


क्लिकमान्डु