भिभिआईपी उडानले अवतरण गर्न नपाएपछि फ्लाई दुबईको जहाज कलकत्ता लाग्यो



काठमाडौं । बिम्स्टेक सम्मेलनको कारण भिभिआईपी उडानले गर्दा जहाज अवतरण गर्न नपाएपछि फ्लाई दुबईको जहाज फर्किएको छ ।

दुबईबाट आएको जहाज ८ः५० मा काठमाडौं अतवरण गर्नुपर्ने थियो । तर,सम्मेलनमा भाग लिन आएका भिभिआईपीको उडानको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानको अवरुद्ध भएपछि फ्लाई दुबईको जहाज कलकत्ता डाइभट भएको हो ।

भिभिआईपीको आगमनको कारण आकाशमा जहाज होल्ड छ । सडकमा पनि सवारी बन्द गराइएको छ ।


क्लिकमान्डु