बिम्स्टेकको सम्मेलनमा भाग लिन मोदी र हसिना काठमाडौंमा



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिम्स्टेट)को सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेका छन् ।

आजदेखि सुरु हुने सम्मेलनमा भाग लिन भारत र बंगलादेशका प्रधानमन्त्री काठमाडौं आएका हुन् । अब थाइल्याण्डका प्रधानमन्त्री काठमाडौं आइपुग्न बाँकी रहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेलले भारतीय प्रधानमन्त्री मोदी र हसिनालाई स्वागत गरेका थिए ।


क्लिकमान्डु