खुलामञ्चको बसपार्क चार दिन बन्द, मर्मत कार्य गरिने




काठमाडौँ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।

वर्षातको पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए ।

यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु