पञ्चकन्या ग्रुपले आयोजना गरेको कार्यक्रममा ५३ जनाले गरे रक्तदान



काठमाण्डौ । विगत वर्षहरुमा झैं यसवर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सव मनाउने सिलसिलामा भदौ ११ गते सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बालकुमारी, ललितपुरको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरिएको हो ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ५३ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।


क्लिकमान्डु